माघ १२, २०७९
कृषि प्रधान देश नेपालमा मलकै हाहाकार बर्सेनि दोहोरिरहन्छ । मल नपाएर किसान आन्दोलित हुनुपर्ने, मलकै कारण उत्पादन कम हुने र सरकारलाई बर्सेनि टाउको दुखाइको विषय मलको सहज आपूर्ति कसरी गराउने भन्नेमा हुने गरे...
नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध वित्तीय उपकरणको उपयोग बढाउनु आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको समग्र आर्थिक अवस्था समेटिएको प्रतिवेदनमा प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा मात्रै पर्याप्त भौतिक पूर्वाधार, सडक यातायातको सहज पहुँच र अन्य सुविधाको उपलब्ध भए पनि अन्य जिल्लामा सहज अवस्था नभएको उल्लेख छ ।
तीन जिल्लामा मात्रै केन्द्रित सुविधालाई थप विस्तार गर्दै बैंकिङ तथा वित्तीय क्षेत्रलाई विकेन्द्रिकृत गरी वित्तीय पहँुचलाई विस्तार गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
हिमाल, पहाड र तराईसहितको प्रदेश भएकाले जटिल भौगलिक बनोटको अवस्थितिका कारण पर्याप्त लगानी भित्र्याइ यस क्षेत्रमा रहेका आर्थिक सम्भावनाबाट लाभ हासिल गर्दै प्रदेशको सन्तुलित रुपमा विकास गर्नु प्रदेशको चुनौतीको रुपमा रहेको उल्लेख छ ।
कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित तथ्याङ्क प्रदायक निकाय, प्रतिष्ठान तथा सङ्घ–संस्थाहरुमा सम्बन्धित सूचना तथा तथ्याङ्कको व्यवस्थित अभिलेख नहुँदा तथ्याङ्क, प्राप्तिमा कठिनाइ भएको छ । प्राप्त तथ्याङ्क, सूचना तथा विवरण पूर्णरुपमा विश्वसनीय बनाई तथ्यमा आधारित यथार्थपरक, व्यावहारिक र कार्यान्वयनयोग्य नीति निर्माण गर्नु अर्को चुनौती रहेको उल्लेख छ ।
आन्तरिक लगानीका स्रोत तथा क्षमता सीमित रहेको सन्दर्भमा प्रदेशको समृद्धि र विकासका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु तथा सङ्घ, प्रदेश र स्थानीय सरकारका लक्ष्य र प्राथमिकताका बीचमा तादात्म्यता मिलाइ स्रोत र साधनको प्रभावकारी वितरण तथा परिचालन गर्नुपर्नेछ ।
आवधिक योजनाले निर्दिष्ट गरेका आर्थिक विकासको रणनीतिक लक्ष्य अनुरुप हुने गरी वार्षिक बजेटमा पर्याप्त रकम विनियोजन गर्दै क्षेत्रगत प्राथमिकतालाई निरन्तरता दिई आवधिक योजनाको लक्ष्य हासिल गर्नुलाई पनि केन्द्रीय बैंकले चुनौतीको रुपमा लिएको छ ।
तुलनात्मक लाभ हुन सक्ने कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको पहिचान, विकास तथा प्रवद्र्धन गरी दुई ठूला छिमेकी देशको बजारबाट लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।
आव २०७७÷७८ को आधारमा आव २०७८÷ ७९ मा खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त बालीहरुको उत्पादन शुन्य दशमलव एक प्रतिशतले बढेको थियो ।
धान उत्पादन तीन दशमलव तीन प्रतिशत, गहँु उत्पादन नौ दशमलव छ प्रतिशत, र कोदोको उत्पादन चार दशमलव नौ प्रतिशतले घटेको छ । प्रदेशमा मकै उत्पादन एक दशमलव छ प्रतिशते बढको छ । अघिल्लो आवको सोही अवधिमा धान उत्पादन एक दशमलव सात प्रतिशत, मकै उत्पादन तीन दशमलव पाँच प्रतिशत र कोदो उत्पादन एक दशमलव आठ प्रतिशतले बढेको थियो भने गहँु उत्पादन यथावत थियो ।
समीक्षा अवधिमा प्रदेशमा प्रमुख खाद्य तथा अन्य बालीको उत्पादनमध्ये धान उत्पादनको अंश सबैभन्दा बढी ३३ दशमलव नौ प्रतिशत, मकै उत्पादनको अंश २४ दशमलव सात प्रतिशत, गहँु उत्पादनको अंश चार प्रतिशत, कोदो उत्पादनको अंश दुई दशमलव पाँच प्रतिशत र आलु उत्पादनको अंश २३ दशमलव दुई प्रतिशत छ ।
समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा जिल्लागत योगदानको आधारमा सबैभन्दा बढी झापा जिल्लाको २३ दशमलव तीन प्रतिशत र सबैभन्दा कम सोलुखुम्बुको एक दशमलव आठ प्रतिशत योगदान छ । प्रतिवेदन अनुसार कूल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार छ सय ४७ हेक्टर रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा सात लाख १४ हजार तीन सय ८४ हेक्टरमा क्षेत्रफलमा खेती गरिएको छ ।
समीक्षा अवधिमा प्रदेश नं. १ मा रहेको कूल खेतीयोग्य क्षेत्रफलमा मोरङ जिल्लाको अंश सबैभन्दा बढी १४ एक प्रतिशत र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम तीन दशमलब तीन प्रतिशत रहेको छ । विसं २०७९ असार मसान्तसम्म प्रदेश नं. १ को कूल तीन लाख दुई हजार आठ सय २२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ जुन कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा ३६ दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कूल खेतीयोग्य क्षेत्रफलको ३५ दशमलव नौ प्रतिशत भागमा यस्तो सुविधा पुगेको थियो । कूल खेतीयोग्य क्षेत्रफलको तुलनामा सुनसरी जिल्लामा सबैभन्दा बढी ८५ दशमलव प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम शून्य दशमलव सात प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा प्रदेश नं. १ मा कुल सिञ्चित क्षेत्रफल दुई प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल दुई प्रतिशतले नै बढेको थियो ।
क्षेत्रगत कृषि कर्जा २०७९ असार मसान्तसम्ममा प्रदेश नं. १ मा प्रवाहित कुल कर्जा प्रवाह मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जाको अंश नौ दशमलव छ प्रतिशत थियो ।
विसं २०७८ असार मसान्तको तुलनामा गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलब आठ प्रतिशतले वृद्धि भई रु ५४ अर्ब ५२ करोड पुगेको छ भने २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कूल कर्जा रु ४६ अर्ब २९ करोड रहेको थियो ।
गत असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५ दशमलव एक प्रतिशत, पशुपालनमा २४ दशमलव पाँच प्रतिशत, अन्नबालीमा १८ दशमलव तीन प्रतिशत पन्छीपालनमा सात दशमलब सात प्रतिशत र तरकारी बाली उत्पादनमा पाँच दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको छ । रासस
कृषि प्रधान देश नेपालमा मलकै हाहाकार बर्सेनि दोहोरिरहन्छ । मल नपाएर किसान आन्दोलित हुनुपर्ने, मलकै कारण उत्पादन कम हुने र सरकारलाई बर्सेनि टाउको दुखाइको विषय मलको सहज आपूर्ति कसरी गराउने भन्नेमा हुने गरे...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको ३१० र अंगुर हरियोको १९० रुपैयाँ प्रतिकिलो औसम मूल्य रहेको छ । यसैगरी ...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...