माघ २०, २०७९
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेसँगै केन्द्रदेखि प्रदेशसम्मै दलहरु सरकार निर्माणका लागि जोडघटाउमा व्यस्त बनेका छन् । यही क्रममा प्रदेश १ मा सरकार बनाउन दलहरूबीच बहुपक्षीय गठबन्धन गर्नुपर्ने भएको छ ।
बहुमत कसैले पनि नल्याएपछि सरकार बनाउन दलहरू सांसदको जोडघटाउमा लागेका छन् । सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गरेका छैनन् ।
प्रदेश १ सरकार बनाउन जसपा र राप्रपा निर्णायक छन् । १ सीट प्राप्त गरेको जसपा सबैभन्दा निर्णायक छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४६ सीट प्राप्त गरेका छन् । त्यस्तै विपक्षी गठबन्धन एमाले राप्रपा र जसपाको ४७ सीट पुग्छ । प्रदेश १ मा जसपा निर्णय बन्दा त्यसको असर संघसम्मै पर्नसक्ने आँकलन पनि गर्न थालिएको छ । संघमा पनि हाल कायम सत्ता गठबन्धनलाई सरकार बनाउन गठबन्धनबाहिरका दल जसपा, जनमत वा स्वतन्त्रहरुको सहयोग चाहिने हुन्छ ।
००००
यसैगरी प्रतिनिधिसभामा ६ सिट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुन सकारात्मक बनेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।
सरकारमा जानेबारे सबैजसो सदस्यले सकारात्मक प्रतिक्रिया दिएसँगै राजधानीको तपोवन होटलमा बसेको बैठकले परिस्थिति हेरेर सरकारमा जानेबारेमा निर्णय गर्ने अधिकार अध्यक्ष राउतलाई दिने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिए ।
००००
यसैबीच नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थिर सरकार बनाउनुपर्ने बताए । एमाले र कांग्रेस मिलेर स्थिर सरकार बनाउनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए ।
कांग्रेस र एमालेको सरकार बनाउन आफूले पहल गर्ने नेता गच्छदारको भनाइ छ । ‘२०४८ सालयता बहुमत भएकै सरकारहरू टिकेनन्,’ उनले भने, ‘अब स्थिर र गतिशील सरकार बनाउने हो भने कांग्रेस–एमाले मिल्नुको विकल्प छैन ।’ जनताको अभिमतले पनि एमाले–कांग्रेस मिल्ने खालको आएको उनले बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।
भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ गर्दै बिहीबार विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।
००००
निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरेसँगै दलहरुले बैठक बोलाएर यसबारे निर्णय लिन थालेका छन् । सोहीअनुसार बिहीबार नै जनमत पार्टीले समानुपातिक सांसदबारे निर्णय लिएको छ । यस्तै कांग्रेस र राप्रपाले शनिबारका लागि बैठक बोलाएका छन् भने एमालेको शुक्रबार नै सचिवालय बैठक बस्दैछ । अन्य दलहरुले पनि पार्टीको निकायबाट निर्णय लिँदैछन् ।
००००
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गरे ।
उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए ।
००००
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
निर्यात प्रवद्र्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको छ ।
००००
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले बिहीबार योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।
बिहीवार धनगढीमा शुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।
००००
त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।
विक्रम संवत् २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को चीनमा क्वारेन्टीनमा उपचार शुरू गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टीनमा उपचार शुरू भएको हो ।
चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।
००००
आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक १ दिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा बिहीवार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...