×

NMB BANK
NIC ASIA

भाजपाले गुजरातमा प्रचण्ड बहुमत ल्याउनुका १० कारण

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ भारतीय जनता पार्टीले गुजरात विधानसभामा कीर्तिमान हासिल गर्दै १५६ सीट जितेको छ । 

Muktinath Bank

कुल १८२ सीट भएको विधानसभामा आजसम्म कुनै पनि दलले १५० सीट जितेको इतिहास थिएन । निकटतम प्रतिद्वन्द्वी कांग्रेस पार्टीले जम्मा १७ सीट जितेको छ भने आम आदमी पार्टीको हातमा पाँच सीट परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के कारणले भाजपा यति धेरै सीट जित्न सफल भएको हो ? दैनिक भास्कर पत्रिकामा अक्षय वाजपेयीले भाजपाको प्रचण्ड बहुमतसहितको जीतको नालीबेली प्रस्तुत गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार, सन् २०१७ मा भाजपा जम्मा ९९ सीटमा सीमित भएको थियो । सत्तामा आएपछि पहिलोपटक उसको सीट १०० भन्दा कममा पुगेको थियो । 

Vianet communication
Laxmi Bank

विगतबाट पाठ

त्यसबाट भाजपा नेतृत्वले पाठ पढ्यो र यस निर्वाचनका लागि डेढ वर्षदेखि नै तयारी थाल्यो । चुनावको एक हप्ता अघिबाट नै गृहमन्त्री अमित शाहले मतदान केन्द्र स्तरमा भएका तयारीको दैनिक अप्डेट लिएका थिए । 

उनले दुई दिनको अन्तरमा बूथ लेभल बैठक गरेका थिए । आमसभाका लागि छानिएका ठाउँका विषयमा पनि उनले विस्तृत चर्चा गरेका थिए । 

उनका बैठकहरू घन्टौंसम्म चल्ने गरेको भाजपा नेताहरू बताउँछन् । केन्द्रीय सरकारका मन्त्री, भाजपाका मुख्यमन्त्री र वरिष्ठ नेताहरूलाई फरक फरक ठाउँ पठाइने गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा यस सूचीमा सबभन्दा माथि थिए । 

सरकार परिवर्तन

विधानसभा चुनावभन्दा लगभग एक वर्षपहिले भाजपाले गुजरातमा मुख्यमन्त्री विजय रूपाणीसहित सम्पूर्ण मन्त्रिमण्डललाई राजीनामा गरायो । रूपाणीको स्थानमा पहिलोपटक विधायक बनेका भूपेन्द्र पटेललाई मुख्यमन्त्री बनाइयो । नदोहोर्‍याउने सिद्धान्तअनुसार पुराना मन्त्रीहरूलाई नयाँ मन्त्रिमण्डलमा स्थान दिइएन । विधानसभा अध्यक्ष पनि परिवर्तन गरियो । 

भारतीय राजनीतिमा भाजपाले पहिलोपटक यस्तो प्रयोग गरेकोमा ऊ पूर्णरूपमा सफल रह्यो । सरकारै बदलिएपछि भाजपाले सत्ताविरोधी लहर नै अन्त्य गरिदियो । नयाँ मन्त्रिमण्डलमा जातीय तथा क्षेत्रीय समीकरणलाई मिलाउने प्रयास गरियो । 

कांग्रेस छोडेर भाजपा आएका तीन नेतालाई मन्त्रिमण्डलमा स्थान दिइयो । पाटीदार समुदायलाई खुशी बनाउन मुख्यमन्त्रीका साथै पटेल समुदायका सबभन्दा बढी विधायकलाई मन्त्रिमण्डलमा समावेश गरियो ।

गुजरातमा कोभिडपछिको यो पहिलो चुनाव थियो । कोभिडमा कुव्यवस्था गरेकाले सरकारको व्यापक आलोचना भएको थियो । भाजपाले रूपाणी सरकारलाई हटाएपछि सरकारप्रति जनताको आक्रोश शान्त भयो । 

ठूला नेतालाई बिदाइ

धरातलबाट आएको प्रतिक्रियाका आधारमा भाजपाले ठूला नेताहरूलाई टिकट दिएन । मेहसाणाबाट नितिन पटेललाई  टिकट दिइएन । त्यस्तै सन् २०१६ अगस्टदेखि २०२१ सेप्टेम्बरसम्म मुख्यमन्त्री बनेका विजय रूपाणीलाई पनि टिकट दिइएन । रूपाणी सन् १९८७ देखि राजकोटको राजनीतिमा सक्रिय छन् । उनी भाजपाको गुजरात इकाइको अध्यक्ष पनि बनिसकेका व्यक्ति हुन् । विशेष कुरा त के भने यी दुवै नेताले स्वयं आएर आफूहरूलाई टिकट नचाहिएको बताए । 

जित्ने उम्मेदवार चयन

भाजपाले गुजरातमा जित्ने सम्भावना भएका उम्मेदवारलाई मात्र टिकट दियो । बयालीसजना विधायकलाई टिकटै दिइएन । सन् २०१७ मा कांग्रेसको टिकटमा चुनाव लडेका उम्मेदवारहरूलाई मौका दिइयो । सूत्रहरूका अनुसार, प्रस्तुतिका आधारमा बनाइएको सूचीमा ८० प्रतिशतभन्दा कम अंक ल्याउने २० प्रतिशत विधायकलाई टिकट दिइएको थिएन । कांग्रेसबाट भाजपामा आएका अनि चुनाव जित्न सक्ने सम्भावना बोकेका नेताहरूलाई टिकट दिइयो । 

हारेको ठाउँबाट प्रचार शुरू

सन् २०१७ मा भाजपा मोरबी, सुरेन्द्रनगर र अमरेली लगायतका सीटमा हारेको थियो । यसपालि ती ठाउँहरूमा पहिलेदेखि नै प्रचार थालिएको थियो । सौराष्ट्रमा भाजपाको चुनावी अभियान ६ महिना अघिबाट नै शुरू भएको थियो । पार्टीले नयाँ ढंगबाट पन्ना प्रमुख बनायो । जनतामाझ अलोकप्रिय विधायकहरूलाई टिकट दिइएन । सन् २०१७ मा भाजपालाई अप्ठ्यारो परेको सीटमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री शाह आफैंले जोरदार चुनावी अभियान चलाए । 

मन्त्रीहरूलाई पनि टिकट दिइएन

सन् २०२१ को सेप्टेम्बर महिनामा भाजपा नेतृत्वले पूरै सरकार परिवर्तन गर्दा २४ जना मन्त्री थिए । तिनमा १० मन्त्री र १४ राज्यमन्त्री थिए । यस चुनावमा पार्टीले पाँच मन्त्रीहरूलाई टिकटै दिएन । टिकट पाएकामध्ये १९ मन्त्रीले चुनाव जिते । मन्त्रिमण्डलमा फेरबदल तथा नयाँ मन्त्रीको नियुक्ति भाजपाका लागि सही निर्णय साबित भयो । 

बागीप्रति कठोर

ठूला नेताहरूलाई टिकट नदिएको भए पनि धरातलमा कुनै अव्यवस्था देखिएन । बागी बन्न खोज्नेमाथि कठोर कारवाही चलाइयो । चुनावी अभियान चल्दै गर्दा १२ जना नेतालाई पार्टीबाट निलम्बन गरियो । तिनीहरूले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । नितिन पटेल र विजय रूपाणी जस्ता ठूला नेताको टिकट खोसिएको भए पनि उनीहरूले बागी बन्ने हिम्मत जुटाएनन् । 

मोदीको नारा सफल

प्रधानमन्त्री मोदीले ‘म गुजरातको छोरा हुँ’ भनी दिएको नारा भाजपाको जीतको ठूलो कारण भएको त्यहाँका वरिष्ठ पत्रकार आरके मिश्रा बताउँछन् । मोदीले चुनावी अभियानमा बारम्बार यसलाई दोहोर्‍याए । गुजराती अस्मिताको कुरा गरेर भाजपाले क्षेत्रीयवादी भावनालाई मज्जैले उचाल्यो । फलस्वरूप गुजरातीहरूले उसलाई प्रचण्ड बहुमत दिलाए । 

आम आदमी पार्टीको परोक्ष सहयोग

आम आदमी पार्टीले यस निर्वाचनमा कांग्रेसको भोट काटेर भाजपालाई नै सहयोग गर्‍यो । सौराष्ट्र र दक्षिण गुजरातमा कांग्रेसले राम्रो प्रदर्शन गर्न सक्थ्यो तर त्यहाँ आपले भोट काटिदिएर सोत्तर बनाइदियो । त्यसको पूर्ण लाभ भाजपाले प्राप्त गर्‍यो । 

कांग्रेसको अकर्मण्यता

वरिष्ठ पत्रकार दर्शन देसाईको नजरमा कांग्रेसको अकर्मण्यताका कारण भाजपाले प्रचण्ड बहुमत ल्याएको हो । कांग्रेसको वरिष्ठ नेतृत्वले गुजरातलाई पूरै त्यागिदियो । राहुल गान्धीले भारत जोडो यात्रा गरे तर त्यो गुजरात छोडोमा परिणत भयो । 

चुनावभन्दा दुई महिनाअघि कांग्रेसीहरू अध्यक्ष निर्वाचित गर्ने धुनमा व्यस्त थिए । अध्यक्ष छानिएपछि पार्टीका नेसनल अब्जर्भर अशोक गहलोत र गुजरात इन्चार्ज रघु शर्मा दुवैको ध्यान राजस्थानमा केन्द्रित रह्यो किनकि उनीहरू त्यहीँका हुन् । प्रियंका गान्धी गरबाको बेलामा गुजरात आउने कुरा थियो तर आइनन् । राहुल गान्धी गुजरात त पुगे तर निकै ढिलो गरी । 

कांग्रेसको प्रत्येक उम्मेदवार आफ्नै बलबुतामा लडेको थियो । केन्द्रीय नेतृत्व वा स्रोतसाधनबाट उसले कुनै सहयोग पाएन । गुजरातको कांग्रेस नेतृत्वमा आधा दर्जन जति त मुख्यमन्त्रीकै उम्मेदवार हुन् । तर उनीहरू आफ्नै सीट बचाउन पनि सक्दैनन् । हारेपछि पनि उनीहरूलाई मुख्यमन्त्री बन्ने लोभले सताइरहन्छ । टिकट वितरणमा पनि उनीहरूलाई भूमिका चाहिन्छ । 

आदिवासीहरू कांग्रेसको बलियो भोट बैंक हो । तर पार्टीले उनीहरूलाई पनि व्यवस्थापन गर्न सकेन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x