माघ १५, २०७९
युक्रेनलाई आफ्नो अब्राम्स ट्यांक दिने अनि जर्मनीलाई लेपर्ड ट्यांक दिन लगाउने निर्णय गरेको भए पनि रुससँगको युद्ध जित्न नसकिने निष्कर्षमा अमेरिका पुग्न थालेको देखिन्छ । त्यसको संकेत अमेरिकाका परराष्ट्रमन्त्री ए...
काठमाडाैं | मंसिर २३, २०७९
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको चुनावपछि मात्र शक्ति बाँडफाँटको छलफल गर्न प्रस्ताव गरेका छन् ।
चुनावपछिको नयाँ सरकार गठनबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा गठबन्धनमा यसबारे खास छलफल हुन नसकेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष र नेताहरूमार्फत भइरहेको संवादमा देउवाले कांग्रेस संसदीय दलको चुनावपछि पावर शेयरिङबारे छलफल गर्न प्रस्ताव गरेका हुन् । चुनावपछि प्रचण्डले देउवासँग तीनपटक छलफल गरिसकेका छन् ।
सत्ता गठबन्धनका चार दलले संयुक्त वक्तव्यमार्फत यही गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइसकेका छन् । सोमवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई समेत प्रमाणपत्र दिएपछि पावर शेयरिङको विषयमा छलफल आरम्भ गर्ने बताएका थिए ।
‘पावर शेयरिङमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । देउवाले संसदीय दलको चुनावपछि मात्र गरौं भनेर प्रस्ताव गर्नुभएको छ,’ माओवादी स्रोतले बिहीवार लोकान्तरसँग भन्यो । संसदीय दलको नेता बन्न कांग्रेसभित्र बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनाव जितेका र समानुपातिकको बन्दसूचीमा रहेका सांसदका कारण संसदीय दलको नेता निर्वाचित हुनेमा देउवा विश्वस्त छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने भएकाले देउवाले पहिलो मिसन संसदीय दलको नेता बन्ने बनाएका छन् ।
बधाई दिन बालुवाटार पुगेका सांसदहरूलाई उनले संसदीय दलमा सघाउन आग्रह गरिरहेका छन् ।
मंगलवार बालुवाटार पुगेका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग देउवाले संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री बन्न प्रचण्डको कसरत
संसदीय दलको चुनाव पर्खिन आग्रह गरेका देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना देखाए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत प्रयास छाडेका छैनन् ।
‘संसदीय दलको नेता बनेर देउवाले फेरि प्रधानमन्त्री बन्ने आकांक्षा देखाउनुभयो । सरकारको नेतृत्वका लागि हाम्रो पनि प्रयास जारी छ,’ प्रचण्डलाई भेटेका माओवादीका एक प्रभावशाली नेताले भने ।
माओवादीले तीनवटा कारण देखाउँदै कांग्रेससँग नयाँ सरकारको नेतृत्व दाबी गरेको छ । शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाउन मद्दत गरेको, केपी ओलीले संसद् विघटन गरेका बेला आन्दोलनको नेतृत्व गरेको र चुनावअघि नेताहरूबीच भएको भद्र सहमति पालना गर्न भन्दै माओवादीले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेको हो ।
नयाँ सरकारको नेतृत्व दाबी गरेका प्रचण्डले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । प्रचण्ड र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा सरकार गठनलगायत समसामयिक घटनाक्रमबारे छलफल भएको थियो ।
प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूसँग पनि बाक्लो छलफल गरिरहेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत नेतासँग प्रचण्डले छलफल गरेका छन् ।
गठबन्धनको पक्षमा बहुमत जुटाउन प्रचण्डले संसदमा ४ सीट रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जेलमै पुगेर भेटेका छन् भने प्रभु साहलगायत स्वतन्त्रसँग पनि सम्पर्क बढाएका छन् ।
माओवादीभित्र संसदीय दलको नेताका लागि प्रचण्डलाई चुनौती दिने नेता फेला परेका छैनन् ।
राष्ट्रपति–प्रधानमन्त्री दुवैमा कांग्रेसको दावी
पावर शेयरिङमा ठोस छलफल शुरू नभए पनि सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्तावसहित राष्ट्रपति पद सुरक्षित गर्न खोजेको सन्देश गठबन्धनका दललाई दिएको छ ।
पहिलो एक वर्ष या दुई वर्षपछि प्रधानमन्त्री दिने प्रतिबद्धतासहित माओवादीलाई सभामुख लिन आग्रह गर्ने कांग्रेस स्रोत बताउँछ ।
कांग्रेसमा डा. शेखर कोइरालालगायत नेताहरू राष्ट्रपति कांग्रेसले राख्नुपर्ने लबिङमा छन् ।
कोइराला लगायतका नेताहरू शेरबहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गर्ने योजनामा छन् ।
पढ्नुहोस्, यो पनि :
शुरूमा आफैंले नेतृत्व गरे पनि गठबन्धन बचाइराख्न केही समयपछि माओवादीलाई सरकारको नेतृत्व दिनैपर्ने कांग्रेसको बुझाइ छ । प्रधानमन्त्री लिनका लागि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसमा बलियो छ ।
अहिले राष्ट्रपति माओवादीलाई दिएमा केही समयपछि प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीसँग हुने र आफूहरू पावरविहीन बन्ने भयमा कांग्रेस नेताहरू देखिन्छन् ।
भावी प्रधानमन्त्रीसँगै राष्ट्रपति को बन्छ भन्नेमा कूटनीतिक वृत्त समेत सक्रिय बनेको छ ।
पहिलो कार्यकालमा माओवादीलाई सभामुख, नेकपा एसलाई उपराष्ट्रपति र साना दललाई मन्त्री दिएर गठबन्धन बनाउने कांग्रेसको प्रयास रहेको नेताहरू बताउँछन् ।
राष्ट्रपतिका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा रहेको स्रोतहरूको दाबी छ ।
सत्ता गठबन्धनको आडमा महन्थले महोत्तरी– ३ बाट चुनाव जितेका थिए । ठाकुरलाई राष्ट्रपति बनाउन एउटा पक्षले लबिङ गरिरहेको कांग्रेस स्रोत बताउँछ ।
युक्रेनलाई आफ्नो अब्राम्स ट्यांक दिने अनि जर्मनीलाई लेपर्ड ट्यांक दिन लगाउने निर्णय गरेको भए पनि रुससँगको युद्ध जित्न नसकिने निष्कर्षमा अमेरिका पुग्न थालेको देखिन्छ । त्यसको संकेत अमेरिकाका परराष्ट्रमन्त्री ए...
प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...
दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...
दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट&rsquo...
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ । गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजन...
विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् । मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...