मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो ।
सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो ।
यता, सन् १९९६ मा पाँच वर्ष मुनिका बालबालिकाको प्रतिहजार जीवित जन्ममा एक सय १८ को मृत्यु हुने गरेको थियो । अहिले तुलनात्मकरुपमा घटेर प्रतिहजार जीवित जन्ममा ३३ मृत्यु हुन आएको छ । विगत २५ वर्षयता १२–१३ महिनाका बालबालिकामा आधारभूत खोपको दायरासमेत बढेको छ । सन् १९९६ मा ४३ प्रतिशत रहेको खोपको दायरा सन् २०२२ मा ८० प्रतिशत पुगेको छ ।
मन्त्रालयकी सचिव देवकुमारी अर्यालले सर्वेक्षणबाट प्राप्त तथ्यांकले आगामी योजना तर्जुमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धित योजना बनाउन यस सर्वेक्षणले मार्गदर्शकका रुपमा सहयोग गर्नेछ । सर्वेक्षणमा देखिएका चुनौती समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयको अन्तर समन्वय आवश्यक छ ।’
सर्वेक्षणले कुपोषण, शिशु मृत्युदर, बालबालिकामा पुड्कोपन र रक्तअल्पतामा देखिएको अवस्था सन्तोषजनक नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या कम रहेको छ । यस्तै परिवार नियोजन साधनको ७८ प्रतिशत माग रहेको छ भने ५७ प्रतिशत पूर्ति भएको छ । २१ प्रतिशत माग अझै पूर्ति हुन सकेको छैन । रक्तअल्पता भएका बालबालिका ४३ प्रतिशत र महिला ३४ प्रतिशत रहेका छन् ।
पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । सबैभन्दा धेरै कर्णालीका बालबालिकामा पुड्कोपनको समस्या देखिएको हो । ‘कर्णालीमा ३३ प्रतिशत बालकालिकामा पुड्कोपनको समस्या देखिएको छ । यी बालबालिका दीर्घकालीन कुपोषणको समस्यामा छन्’, नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले भने, ‘अहिले चारमा एक जनामा पुड्कोपनको समस्या देखिनु विगतभन्दा घटेको हो तर सन्तोषजनक हैन ।’ रासस
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...