×

हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी

मंसिर २३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज  आयोजित अन्तक्र्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।

Laxmi Bank

प्रस्तुत विवरणअनुसार सो अवधिमा बाराको एक सय ३२, पर्साको एक सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभे्रपलाञ्चोकको एक/एक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन । 


Advertisment

गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या नौ सय ६२ रहेको छ । यी उजुरीमध्ये दुई सय ८१ वटा उजुरी फछ्र्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ । 


Advertisment

उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।
 
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । 

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शङ्कर पण्डितले आफ्नो मन्त्रालयअन्तर्गत दुई सय ४५ वटा योजना भए पनि कर्मचारी समस्याले काम गर्न अप्ठ्यारो परेको बताउँदै दक्ष जनशक्तीको अभावमा विकास निर्माणको काम अगाडि बढाउन समस्या भएको गुनासो गरे । 

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

x