
नेकपा एमालेको सचिवालय बैठक शनिवार बस्दैछ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रवार डाकिएको बैठक तयारी नपुगेको भन्दै शनिवारका लागि सारिएको थियो ।