२६ जेठ २०८३, मंगलबार

सांसद गौतमको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीको विरोध

सांसद गौतमको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीको विरोध

मानवअधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र २ बाट निर्वाचित सांसद सोविता गौतमको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । सांसद गौतमले एक सञ्चार माध्यममा दिएको अन्तरवार्तामा बलात्कार घटनालाई सामान्य भनेकी थिइन् । 

बलात्कार हुँदा महिला पुनस्र्थापना हुन सक्ने तर दुईटै खुट्टा नै काटिदिएमा जीवन समाप्त हुनेभन्दै उनले तुलना गरेर अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिको विरोध गर्दै मानवअधिकारकर्मी अन्सारीले त्यस्तो सोच राख्ने सांसदबाट केही आश गर्न नसकिने टिप्पणी गरेकी छिन् । 

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेकीछिन्, “बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर सध्य हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सांसद केही दिनमा संसद प्रवेश गर्दैछिन् । सोच्नुस कस्तो भविष्य हुनेछ बालिकाको ? न्यायको माँग गर्नु डलर ल्याउनु रहेछ । उहाँको सोच यस्तो छ भने के आशा गर्ने ?”

salt training

कमेन्ट गर्नुहोस्