२६ जेठ २०८३, मंगलबार

रुसको जंगी जहाजमा हाइपरसोनिक क्षेप्यास्त्र जडान, जनवरीबाट भिडन्तका लागि तयार

पुस ७, २०७९
रुसको जंगी जहाजमा हाइपरसोनिक क्षेप्यास्त्र जडान, जनवरीबाट भिडन्तका लागि तयार

रुसको खतरनाक जिर्कोन हाइपरसोनिक क्षेप्यास्त्र जडान गरिएको जंगी जहाजले जनवरी महिनाबाट नियमित कम्ब्याट ड्युटी थाल्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । 

बुधवार देशका शीर्ष रक्षा अधिकारीहरूसँगको बैठकमा पुटिनले यसको खुलासा गरेका हुन् । 

‘जनवरी महिनादेखि एड्मिरल गोर्शकोभ फ्रिगेट अत्याधुनिक तथा अद्वितीय हाइपरसोनिक क्षेप्यास्त्रका साथ युद्धका लागि तयार अवस्थामा प्रवेश गर्नेछ,’ पुटिनले बताए । 

उक्त बैठकमा रक्षामन्त्री सर्गे शोइगुले सरमत अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू रुसको रणनीतिक क्षेप्यास्त्र फौजले तैनाथ गरिरहेको बताए । 

नयाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई आधिकारिक रूपमा ३एम२२ जिर्कोन भनिन्छ । विगत केही वर्षयता यसको सक्रिय परीक्षण गरिएको छ । 

एड्मिरल गोर्शकोभ रुसको नर्दन फ्लीटमा रहेको आधुनिक क्षेप्यास्त्र फ्रिगेट हो । यसले अनेकौं नयाँ क्षेप्यास्त्रहरूको परीक्षण प्रक्षेपण गरिसकेको छ । 

जिर्कोन हतियारका बारेमा थप जानकारी उपलब्ध छैन । तर यो ९ माख अर्थात् ११ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने बताइएको छ । त्यस्तो अवस्थामा यसलाई शत्रुले रोक्न सक्दैन ।
 

salt training

कमेन्ट गर्नुहोस्