×

Nic Asia
Dabur
Prabhu Bank

आइसिटी अवार्ड २०२२ः साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण

काठमाडाैं | पुस १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सातौँ संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ गत शुक्रवार द सोल्टी काठमाडौंमा सम्पन्न भएको छ । एक हजार बढी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’सहित १४ विधामा सर्वोत्कृष्टहरूलाई अवार्ड वितरण गरिएको छ । 

yONNEX
IME BANK INNEWS

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । यसवर्ष पहिलो पटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को आयोजना गरिएको थियो । उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ । विभिन्न ५ देशहरूबाट उत्कृष्ट ५ स्टार्टअपहरू अवार्डमा सहभागी हुन नेपाल आएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस वर्ष इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ अन्तर्गत नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. वेद काफ्लेले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड मंगेशलाल श्रेष्ठले जितेका छन् । त्यसैगरी नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ठ श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसकार कार्कीले प्राप्त गरेकी छन् । 

यस वर्षको डिजिटल गर्भनेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे डिजिटलले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय विद्यालय वाफलले प्राप्त गरेको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) ज्ञानोदय बालबाटिक विद्यालय, खोकनाले जितेको छ । 


Advertisment
Lokantar App
Saurya island

यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकले प्राप्त गरेको छ । प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ मेरो कारोबार एपले प्राप्त गरेको छ । यसैगरी यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड बिआइसी टेक्नोलोजी (टिग)ले प्राप्त गरेको छ । यस वर्ष जुरीले कक्षा १० मा अध्ययनरत विद्यार्थी दीक्षान्त पाण्डेलाई जुरी मेन्सन आइसिटी रिकग्निसन २०२२ बाट सम्मान गरेका छन् ।

आइसिटी अवार्ड २०२२ को क्रममा आयोजकले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना गर्दै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपहरूलाई अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा सम्मान गरेको छ । जसअनुसार, प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक न्युट्री फुड, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको हो । 

Vianet communication

अवार्ड वितरण कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरू डा. बैकुण्ठ अर्याल, केवलप्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए । यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, संघीय सरकारका सांसदहरू ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिति रहेको थियो । आइएमई ग्रुपका प्रबन्ध–निर्देशक हेमराज ढकाल, डिपुटी गर्भनर बमबहादुर मिश्र, पूर्वमन्त्री गणेश शाहलगायतका विशिष्ट व्यक्तिहरूले विजेतालाई अवार्ड प्रदान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा अझ धेरै गर्न बाँकी रहेको भन्दै दूरदराजसम्म प्रविधिलाई सहज पहुच पु¥याउँदै विकास र उन्नत जीवनशैलीको लागि काम गर्नुपर्ने बताए । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको भन्दै विजेतालाई सिंहदरबार निमन्त्रणा गरेका छन् । 

आइसिटी अवार्डले नयाँ नयाँ इन्नोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । त्यस्तै इन्फोडेभलपर्सका ग्रपु अध्यक्ष सञ्जिव राजभन्डारीले नेपालले इन्टेलुक्चुअल प्रर्पटीमा पनि काम गर्नुपर्ने सुझाव दिए । उनले पुपरी सफ्टवेरलाई इन्फोडेभलपर्सको सहकार्यमा नयाँ ढंगले विस्तार गर्ने तयारीमा रहेको जनाउ दिए । 

यसैगरी काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । काठमाडौं महानगरपालिका सोहीअनुसार अगाडि बढेको समेत जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफूले पहल गर्ने बताए । 

यस वर्ष इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसमा ५५० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १३ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रियविज्ञ जुरीले २५ वटा बढी मिटिङहरू सञ्चालन गर्दै छनोट प्रकृयालाई सम्पन्न गरेका थिए । विगत ६ महिनाको आइसिटी अवार्डको छनोट प्रकृयाको क्रममा आयोजकले १० भन्दा बढी प्रि–इभेन्ट क्याम्पियनहरू आयोजना गरेको अध्यक्ष राजन लम्सालले बताए । 

ग्राण्ड जुरी तथा स्टार्टअपहरूको पिचिङ सेसनलाई विभिन्न ४ विशेष श्रृंखलाहरू टेलिभिजनमा प्रशारण भएको थियो ।  इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा रहेका छन् ।

विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् । यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी कार्यक्रमको आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ लगायतको सहकार्य रहेको थियो ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ का विजेता र उत्कृष्ट ५ ले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट प्राप्त गरेका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद पुरस्कार दिएको छ । 

यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा २ लाख रुपैयाको क्लाउड सर्पोट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरूले विभिन्न किसिमले सेवाहरू निशुल्क प्रदान गरेका छन् । स्टार्टअप, प्रडक्ट र आइडियाहरूको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरू सञ्चालन हुने छन् ।

यि हुन् आइसिटी अवार्ड २०२२ का विजेताहरू 
१.    ह्वावे स्टार्टअप आइसिटी अवार्डः  मोनाल टेक प्रालि
२.    प्रडक्ट आइसिटी अवार्डः गल्ली म्याप्स
३.    राइजिङ स्टार आइसिटी अवार्डः मेरो कारोबार
४.    पब्लिक च्वाइस आइसिटी अवार्ड : बिआइसि टेक्नोलोजी (टिग)
५.    डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर):     ज्ञानोदय बाल बाटिका स्कुल, खोकना
६.    डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): ज्ञानोदय माध्यमिक विद्यालय, बाफल
७.    एनसेल वुमन आइकन आइसिटी अवार्डः  शिला कंसाकार कार्की
८.    नेपाल टेलिकम पायोनियर आइसिटी अवार्डः विजय कृष्ण श्रेष्ठ
९.    आन्टरप्रेनर आइसिटी अवार्डः     मंगेशलाल श्रेष्ठ
१०.    नेपाली डायस्पोरा आइसिटी अवार्डः डा. वेद काफ्ले
११.    डिजिटल सर्भिसेस आइसिटी अवार्डः फोनपे पेमेन्ट सर्भिसेस लिमिटेड
१२.    डिजिटल गभर्नेन्स आइसिटी अवार्डः बैदेशिक रोजगार विभाग
१३.    साउथ एसिया स्टार्टअप आइसिटी अवार्डः टेक फोर बिलियन (चिंगारी)
१४.    जुरी मेन्सन आइसिटी रिकग्निसनः दिक्षान्त पाण्डे (पाइथन भ्वाइस असिस्टेन्ट)

सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरू

प्रदेश १ः  क्युरा हेल्थ
मधेश प्रदेशः इजिइट्स
बागमती प्रदेशः नलेज एक्सचेन्ज
गण्डकी प्रदेशः स्वस्तिक न्युट्री फुड
लुम्बिनी प्रदेशः फरिद डटकम(एम सेक्युरिटी)
कर्णाली प्रदेशः सुर्खेत सफ्ट 
सुदूरपश्चिम प्रदेशः पाथिभरा सेन्सर सोलुसन उद्योग 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
फागुन ३०, २०७९

नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ।  आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति ...

फागुन १९, २०७९

संरचना निर्माण वा विस्तारको काम गर्न स्थानीय तहहरूलाई नेपाल टेलिकमले अनुरोध गरेको छ।  जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा आ...

चैत २, २०७९

सामाजिक सञ्जाल यूट्युब सर्वाधिक हेरिने यापमध्ये एक हो ।  संसारभरि यूट्युबका लगभग २.५ अर्ब प्रयोगकर्ता छन् ।  यूट्युब भिडियोबाट पनि तपाईंको फोनमा मालवेयर भाइरस आउन सक्छ भन्ने कुरा जान्दा तपाईंलाई...

फागुन ९, २०७९

नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको ...

चैत ३, २०७९

नेपाल टेलिकमले चैत ३ गते (आज) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका...

फागुन ७, २०७९

नेपाली ग्राहकले चाहेअनुसार टेलिभिजन वितरण सेवाका लागि अलाकार्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ । सरकारले नीतिगत व्यवस्था गरेरै यो प्रविधि लगाउने भएको हो । सञ्चार मन्त्रालयले नीतिगत व्यवस्था गरेरै...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x