२६ जेठ २०८३, मंगलबार
नयाँ सरकार गठन

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने पक्का

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने पक्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा रविलाई गृहमन्त्री बनाउने सहमति जुटेको हो । बैठकपछि रविले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

'रविले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ,' रास्वपाका एक नेताले लोकान्तरलाई जानकारी दिए ।

यस्तै एमालेबाट विष्णु पौडेल अर्थ तथा उपप्रधान र माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र तथा उपप्रधानमन्त्री बन्ने पक्का भइसकेको छ ।

यसैगरी एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साह तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने भएका छन् ।

खानको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्ने पक्का भए पनि अन्यको मन्त्रालय खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्