२६ जेठ २०८३, मंगलबार

कर्मचारीसँग छलफल गरेर निवर्तमान गृहमन्त्रीलाई भेट्दै नवनियुक्त उपप्रधानमन्त्री रवि

कर्मचारीसँग छलफल गरेर निवर्तमान गृहमन्त्रीलाई भेट्दै नवनियुक्त उपप्रधानमन्त्री रवि
फाइल फोटो

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्ने भएका छन् ।

मन्त्री रविका प्रेस सहयोगी शिव डुम्रेका अनुसार मंगलवार बिहान मन्त्रालयका कर्मचारीसँग छलफलपछि निवर्तमान गृहमन्त्री खाँणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसबीच उनले शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

गृहमन्त्री रवि मंगलवार बिहान साढे ९ बजे गृह मन्त्रालय पुगेका छन् । कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् ।

मन्त्री रविले सोमवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह मन्त्रीभन्दा ढिलो हाजिर भएका छन् । सचिव सिंह बिहान ९ः५० बजे मन्त्रालय पुगेका छन् ।

मन्त्री पहिल्यै आएर बसेपछि अन्य कर्मचारीले समेत हतारहतार मन्त्रालय आएर हाजिर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्