
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ब्राजिलका फुटबलर पेलेको स्मरण गरेका छन् । फुटबलर पेलेको राति निधन भएपछि ओबामाले उनलाई स्मरण गर्दै विश्वमा उनको खेलले उनलाई स्थापित गरेको भन्दै स्मरण गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, “पेले राम्रो खेलका लागि विश्वविख्यात खेलाडी हुन् । उनले खेलको शक्तिलाई बुझेका थिए, खेलको माध्यमबाट मानिसलाई एक ठाउँमा जोड्न जानेका थिए । आजको यस दुःखद घडीमा हाम्रो विचार, उच्च सम्मान र प्रसंशा उनीसँग, उनका परिवारजनसँग रहने छ ।