×

NMB BANK
NIC ASIA

पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएलगत्तै लामो समयदेखि बन्द रहेका रसुवागढी–केरुङलगायतका उत्तरी नाका खुले । कोभिड संक्रमणको कारण देखाउँदै बन्द रहेका नाका सन् २०२२ को अन्तिमतिर चीन र भारतमा नयाँ भेरियन्टको संक्रमण शुरू भएकै समयमा खुले । संयोग नै भन्नुपर्छ, यही समयमा केरुङ–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आइपुग्यो । नेपालमा प्रचण्ड प्रधानमन्त्री बन्नु र चिनियाँ नाका खुल्नुलाई कतिपले नेपालमा चीन हावी भएको संकेतका रूपमा व्याख्या गर्न थालेका छन् । 

Muktinath Bank

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएसँगै भारतका मिडियाहरूले नेपालका कम्युनिस्टलाई चीनले मिलाइदिएको खालका भाष्य स्थापित गर्न थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको नाम नै चिनियाँ नेताको नामसँग मिल्ने भएपछि भ्रम फैलाउनेका लागि मसला हुने भइहाल्यो । नेपाल मामिलामा भारतीय मिडियाको एउटै भाषा हुने गर्छ– ‘नेपालमा नहीं गलेकी चीनकी दाल ।’ 


Advertisment
Nabil box
Kumari

नेपालमा अहिले चीनको दाल गलेको हो कि भन्ने चिन्ता भारतमा देखिन्छ । यद्यपि कतिपय भारतीय मिडियाले उचाले जस्तो अवस्था होइन । 

Vianet communication
Laxmi Bank

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत बधाई दिँदै लेखे, ‘ भारत र नेपालबीच जनता-जनताबीचको न्यायो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’ 

सामान्यतः मोदीले प्रधानमन्त्रीले शपथ लिएपछि बधाई दिने गरेका थिए । सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले नेपालका ७ प्रधानमन्त्रीलाई बधाई दिइसकेका छन् । स्व. सुशील कोइराला प्रधानमन्त्री बनेको समयमा मोदी नेपाल आएका थिए । त्यसयता नेपालमा ७ जना प्रधानमन्त्री बनिसकेका छन् । सबै प्रधानमन्त्रीलाई दिल्लीले रातो कार्पेट ओछ्याएकै छ । मोदीले सबैको प्रशंसा नै गरिरहेका हुन्छन् । 

काठमाडौंमा कूटनीतिक रेस्लिङ

राष्ट्रपतिले ७ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेसँगै काठमाडौंमा शक्ति केन्द्रहरू सक्रिय बनेको सुरक्षा स्रोतहरू बताउँछन् । 

धेरै हल्ला गर्दा कुरो बिग्रन सक्ने आशंकाले छोटो समयमा बालकोट गठबन्धन बन्यो । राष्ट्रपतिले दिएको समय सकिन ४ घण्टा बाँकी रहेको समयमा दलका नेताहरू बालकोटमा भेला भए । त्यहीँ सहमति गरे । लस्कर लागेर शीतलनिवास पुगे र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति नगर्दासम्म कुरेरै बसे ।

नेपालमा अकस्मात् भएको विकासक्रमले कूटनीतिक जगतमा समेत हलचल पैदा भएको जानकारहरू बताउँछन् । सरकार गठनपूर्व र गठनपछि नेपालमा कूटनीतिज्ञहरूको रेस्लिङ नै चलेको एक पूर्व राजदूतले टिप्पणी गरे । 

पुस १४ गते नेपालका लागि अमेरिकी राजदूत डीन थम्सनले बालुवाटारमा गएर प्रचण्डलाई बधाई दिए । बालुवाटारमा नयाँ प्रधानमन्त्रीलाई बधाई दिने अमेरिकी राजदूत पहिलो बने । राजदूतले भेट्नुअघि नै अमेरिकाले प्रचण्डलाई बधाई दिएको थियो । 

त्यसको भोलिपल्ट १५ गते शुक्रवार बिहान नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भारतीय प्रधानमन्त्री मोदीले पठाएको बधाई पत्र लिएर बालुवाटार पुगे । स्रोतका अनुसार त्यसै अवसरमा राजदूतले प्रचण्डलाई भारत भ्रमणको पनि निम्तो दिएका छन् । 

भारतीय राजदूतले मोदीले पठाएको बधाई सन्देश बुझाएको केही घण्टामै चिनियाँ दूतावासका प्रतिनिधि चिनियाँ प्रधानमन्त्रीले पठाएको बधाई सन्देश लिएर बालुवाटार पुगे । ली खछ्याङले पठाएको बधाई पत्र बोकेर चिनियाँ दूतावासका अधिकारी बालुवाटार पुगेका थिए ।

पछिल्ला वर्षमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी), इन्डो प्यासिफिक रणनीति तथा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयले नेपालमा कूटनीतिक रेस्लिङ चलिरहेको छ । एमसीसी र बीआरआईको विवाद सरकारले मात्र होइन राजनीतिक दलले समेत सामना गर्नुपर्‍यो ।

प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी कार्यान्वयनको चरणमा जाँदैछ, तर त्यो व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिएको छैन । 

प्रचण्ड प्रधानमन्त्री रहेको समयमा यो विषय फेरि गिजोलिने सम्भावना पनि रहेको जानकारहरू बताउँछन् । स्मरणीय छ, एमसीसीकै कारण यसअघि कांग्रेस र माओवादी गठबन्धन विघटनको डिलमा पुगेको थियो । 

नयाँ सरकार, बढ्दो चासो

निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले शनिवार बुटवलमा आयोजित एक कार्यक्रममा नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरे । 

बाह्य हस्तक्षेपकै कारण कांग्रेसलाई प्रतिकूल अवस्थामा पुर्‍याएको पनि उनले दाबी गरे । 

खाणले मुख फोरे पनि कांग्रेसका अन्य नेताहरू पनि नेपालमा नाटकीय ढंगले कम्युनिस्टबहुल सरकार बनाउनमा चीनको भूमिका रहेको विश्लेषण गरिरहेका छन् । 

मानिसहरूलाई अहिले पनि के भ्रम छ भने नेपालमा कम्युनिस्टहरू चीनसँग निकट छन् या चीनबाट परिचालित छन्, जबकि वास्तविकता कतै मेल खाँदैन । 

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले लोकान्तरसँगको पछिल्लो कुराकानीमा आईएनजीओसँगको निकटताका कारण विश्वमै नेपालका कम्युनिस्टसँग काम गर्न सजिलो हुन्छ भनेर कूटनीतिज्ञहरूले भन्ने गरेको प्रसंग सुनाएका थिए ।

नयाँ सरकार गठनसँगै आफ्नो शक्ति र प्रभाव बढाउन शक्तिकेन्द्रले प्रतिस्पर्धा गरिरहेका छन् । भारतका लागि अर्का एक पूर्व नेपाली राजदूत नेपालमा अहिले बनेको समीकरणको पक्षमा भारत नरहे पनि नयाँ सरकारलाई आफू अनुकूल बनाउन उसले प्रयास गर्ने बताउँछन् । 

‘भारतको चाहना अहिले कांग्रेसको नेतृत्व या कांग्रेसको समर्थन रहेको सरकार बनोस् भन्ने थियो, त्यसो भएन भन्दैमा उसले अहिलेको सरकारको विरोध गर्दैन, बरु आफू अनुकूल बनाउन प्रयास गर्छ,’ उनले लोकान्तरसँग भने । 

नेपालमा नयाँ सरकार बनेसँगै शक्तिकेन्द्रले आफ्नो सक्रियता बढाउनु स्वाभाविक भए पनि प्रधानमन्त्रीले सन्तुलन कायम राख्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । 

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की असंलग्नता र तटस्थताको मामिलामा प्रधानमन्त्री तरबारको धारमा हिँड्न सक्नुपर्ने बताउँछन् । 

‘नयाँ सरकार गठन भएसँगै नेपाल आफ्नो काखमा बसिराखोस् भन्ने शक्ति राष्ट्रको चाहना होला । चाहे जुनसुकै सरकार होस्, फरेन पोलिसी आइडियोलोजीले गाइड गर्नुहुँदैन । असंलग्नता र तटस्थताको मामिलामा तरबारको धारमा हिँड्न सक्नुपर्छ,’ कार्कीले लोकान्तरसँग भने । 

प्रचण्डको अग्निपरीक्षा

२०६५ भदौमा प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो विदेश भ्रमणको रूपमा चीन गएका थिए, ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिन ।

प्रचण्डको पहिलो चीन भ्रमणलाई क्रमभंगता पनि भनिएको थियो । तर चीनबाट फर्केपछि विमानस्थलमा प्रचण्डले पहिलो औपचारिक भ्रमण भारतबाट गर्ने बताए । र, औपचारिक भ्रमण भारतबाटै गरे । तर, प्रचण्डको पहिलो कार्यकाल बिर्सनलायक रह्यो । अपर्झट सत्ताबाट बाहिरिनुपरेको झोकमा प्रचण्डले भारतलाई ‘मालिक’को संज्ञा दिँदै बानेश्वरको चोकबाट चर्को आक्रोश व्यक्त गरे । 

आक्रोश मत्थर हुँदै दोस्रोपटक प्रधानमन्त्री बन्न प्रचण्डले लामो समय धैर्य गर्नुपर्‍यो । भारतको विश्वास जित्न धेरै पर्यत्न गर्नुपर्‍यो । २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेर भारत भ्रमण गर्नुअघि एक पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रचण्डले नरेन्द्र मोदीसँग आफ्नो ‘केमस्ट्री’ मिल्ने दाबी गरे । प्रचण्डको त्यो दाबीलाई लिएर नेपालको संसदमा व्यंग्य समेत भएको थियो । 

तेस्रो कार्यकालको प्रधानमन्त्री बन्नुअघि भारतसँग विश्वास बढाउन प्रचण्डले कुनै कसर बाँकी राखेका छैनन् । चुनावभन्दा अगावै उनले भाजपाको कार्यालयको भ्रमणदेखि नरेन्द्र मोदीका विश्वासपात्रहरूसँग भेट गरिसकेका छन् । औपचारिक घोषणा नभए पनि प्रचण्डले पहिलो औपचारिक भ्रमण भारतबाटै गर्ने निश्चित छ ।

प्रधानमन्त्री बनेपछि भारतीय टेलिभिजन एबीपी न्युजलाई दिएको अन्तवार्तामा प्रचण्डले आफू कुनै मुलुकपरस्त नबन्ने बताएका थिए । ‘मैले शुरूदेखि नै भन्दै आएको छु म प्रो–नेपालवाला लाइनमा छु । भारत, चीन र अरू अन्तर्राष्ट्रिय मित्रहरूसँग राम्रो सम्बन्ध बनाउनु सरकारको उद्देश्य हुनेछ,’ हिन्दी भाषामा दिएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।

विशिष्ट भौगोलिक अवस्था र भूराजनीतिक परिस्थितिका कारण प्रधानमन्त्रीले कूटनीतिक सन्तुलन कायम गरेरै हिँड्नु नेपालको हितमा हुने जानकारहरू बताउँछन् । 

‘हाम्रा निम्ति चीन र भारतजस्ता राइजिङ पावरसँग सेन्सेटिभ भएर काम गर्नु जरुरी छ, यसको अर्थ के होइन भने अमेरिका र युरोपलाई बेवास्ता गरेर जानुपर्छ,’ पूर्व राजदूत कार्की भन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x