मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
पुस १७, २०७९
आज ईस्वी संवतअनुसार नयाँ वर्ष २०२३ को पहिलो दिन हो । सन् २०२२ मा विश्वमा भएका प्रमुख घटनाक्रमहरूलाई फर्केर हेर्ने उपयुक्त अवसर यस दिनले दिएको छ । वर्ष २०२२ मा भएका मुख्य-मुख्य घटनाक्रमलाई यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ :
रुस–युक्रेन द्वन्द्व
सन् २०२२ को सबभन्दा महत्त्वपूर्ण घटनाक्रम रुस–युक्रेन द्वन्द्व नै हो । वर्षैभरि यस युद्धको चर्चा संसारभरि भइरह्यो ।
लगभग एक वर्ष जति युक्रेन सीमा नजिक तैनाथ गरिएको रुसी सेनाले फेब्रुअरी २४ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको एक सम्बोधनपछि युक्रेनी भूमिमा प्रवेश गरी आक्रमण गर्न थालेको थियो । रुसलाई पश्चिमले सुरक्षा प्रत्याभूति नदिने अनि युक्रेनलाई नेटोको सदस्य बनाउने अडान लिएपछि रुसले अस्तित्वगत जोखिमको अनुभव गरी युक्रेनमाथि आक्रमण गरेको थियो ।
उक्त आक्रमणलाई रुसले विशेष सैन्य कारवाहीको नाम दिएको छ र युक्रेनको असैन्यीकरण तथा नाजीविहीनीकरणको लक्ष्य हासिल नहुन्जेल कारवाही जारी राखिरहने बताएको छ ।
यस कारवाहीमा एक लाखभन्दा बढी युक्रेनी सैनिकहरूको ज्यान गइसकेको छ भने त्यसभन्दा बढी संख्यामा सैनिकहरू पुनः युद्धभूमिमा फर्किन नसक्ने गरी गम्भीर घाइते भएका छन् । रुसले पनि ठूलै संख्यामा हताहती बेहोरेको छ ।
यस युद्धले विश्वलाई राजनीतिक रूपमा विभाजन गराइदिएको छ र अमेरिकाको एकध्रुवीय प्रभुत्वको अन्त्य भएर विश्व बहुध्रुवीयतामा प्रवेश गर्ने प्रमुख कारक पनि यही युद्ध बनेको छ । अमेरिका नेतृत्वको पश्चिम युक्रेनको पक्षमा उभिएको छ भने चीन तथा बाँकी विश्वले (ग्लोबल साउथ) रुसप्रति सद्भाव राखेको छ । पश्चिमले रुसलाई घुँडा टेकाउनका लागि लगाएको कठोर प्रतिबन्धलाई बाँकी विश्वले अनुसरण गरेको छैन ।
युद्ध भएको एक महिनापछि रुस र युक्रेनका प्रतिनिधिहरूबीच टुर्किये (टर्की)को इस्तानबुुलमा शान्तिवार्ता निष्कर्षमा पुग्नै लाग्दा बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनले भाँडेका थिए । त्यसपछि जारी रहेको युद्धका कारण रुसले युक्रेनको लगभग २० प्रतिशत भूमि नियन्त्रणमा लिएको छ । पूर्वी र दक्षिणी युक्रेनमा रहेका चार क्षेत्र डोनेत्स्क, लुगान्स्क, जापोरिजा र खर्सनलाई रुसले आफूमा मिसाएको घोषणा गरिसकेको छ ।
तर सेप्टेम्बर महिनादेखि युक्रेनले रुसविरुद्ध गरेको प्रत्याक्रमणका कारण रुसी सैनिकहरू खार्किभ र खर्सनबाट पछि हटेका छन् । अनि रुसी भूमिमा समेत युक्रेनले ड्रोन आक्रमणहरू गरिरहेको छ ।
युक्रेनले क्राइमियालाई मुख्यभूमि रुससँग जोड्ने कर्च पुलमा विस्फोट गरी आंशिक क्षति पुर्याएपछि रुसले युक्रेनका ऊर्जा संरचना तथा पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण थालेको छ । त्यसले गर्दा युक्रेनमा विद्युत्, जल तथा न्यानोपनको अभाव भई सर्वसाधारणले कष्टकर जीवन बिताउनुपरेको छ ।
सन् २०२२ भरि चलेको युद्ध टुंगिने कुनै लक्षण देखिएको थिएन यद्यपि शान्तिको पक्षमा दुवैतर्फबाट आवाज उठिरहेका छन् । तर दुवै पक्षले वार्ताका लागि विभिन्न शर्त तेर्स्याएकाले शान्तिबहाली निकै कठिन देखिएको छ ।
आपूर्ति शृंखलामा क्षति तथा आकासिँदो महंगी
रुस–युक्रेन द्वन्द्वका कारण संसारभरिको आपूर्ति शृंखलामा क्षति पुगेको छ । पश्चिमले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले युरोपेली मुलुकहरूलाई दिँदै आएको ग्यास र तेल रोकेको छ । त्यसले युरोपमा ऊर्जा संकट मात्र नभई दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि आकासिएको छ । बेलायतको अर्थतन्त्र मन्दीको दौरमा प्रवेश गरिसकेको छ भने युरोपको इन्जिन मानिने जर्मनीको उद्योग धराशायी हुने स्थितिमा पुगेको छ ।
यही द्वन्द्वका कारण रुस र युक्रेनबाट अफ्रिकी मुलुकहरूलाई निर्यात हुने गरेको गहुँ तथा अन्य खाद्यान्नको आपूर्ति रोकिएको छ । संयुक्त राष्ट्रसंघको निगरानीमा कृष्ण सागरको बाटो हुँदै खाद्यान्न बोकेका जहाजहरूको आवागमन सुचारु गरिएको भए पनि त्यसमा बारम्बार बाधा आइरहेको छ । यसकारण कतिपय अफ्रिकी मुलुकहरूमा भोकमरीको स्थिति बनेको छ ।
सारा संसारमा मूल्यवृद्धिले मध्यमवर्ग तथा निम्नवर्गलाई जीवनयापन गर्न नै अप्ठ्यारो बनाएको छ ।
अमेरिका–चीन तनावमा वृद्धि
सन् २०२२ मा महाशक्ति राष्ट्र अमेरिका र चीनबीचको तनाव चरमचुलीमा पुगेको छ । महाशक्ति प्रतिस्पर्धालाई औपचारिकता दिँदै अमेरिकाको बाइडन प्रशासनले आफ्नो नयाँ सुरक्षा नीतिमा चीनविरुद्धको प्रतिस्पर्धा जसरी भए पनि जित्ने खुलमखुला घोषणा गरेको छ ।
अगस्ट महिनामा अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीन–अमेरिका तनाव शिखरमा पुगेको थियो । त्यस घटनाले चौथो ताइवान जलसन्धि संकट निम्त्याएको थियो अनि चिनियाँ जनमुक्ति सेनाले दुई सातासम्म जलसैन्य अभ्यास गरेर ताइवानमाथि दबाब दिएको थियो ।
अक्टोबर महिनामा बाइडनले चीनलाई विद्युतीय उपकरणहरूमा उपयोग गरिने सेमिकन्डक्टर चिपहरूमा पहुँच दिलाउनबाट रोक्ने निर्णय गरी चीनको उदयलाई अवरोध पुर्याउन खोजेका थिए ।
हुन त नोभेम्बर महिनामा बाइडनले चीनका राष्ट्रपति सी चिनपिङसँग इन्डोनेसियाको बालीमा आयोजित जी२० शिखर सम्मेलनको साइडलाइनमा भेटेर लामो कुराकानी गरेका थिए । तर त्यसले पनि दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धलाई सुधार्न खासै योगदान गरेको छैन ।
कोभिड महामारीको प्रकोप घट्दै
सन् २०२० बाट संसारभरि फैलिएको कोभिड महामारीको प्रकोप सन् २०२२ मा आइपुग्दा निकै कम भएको छ । गत सेप्टेम्बर महिनामा विश्व स्वास्थ्य संगठनले समेत महामारीको अन्त्य हुन लागेको घोषणा गरेको थियो ।
नेपाल लगायत धेरै मुलुकले बन्दाबन्दी, यात्रा प्रतिबन्ध तथा संक्रमण रोक्ने अन्य उपायहरू खुकुलो बनाइसकेका छन् । कोभिडविरुद्धको खोपले संक्रमण रोक्न सफलता पाएपछि नै मुलुकहरू यस निर्णयमा पुगेका हुन् ।
चीनले चाहिँ बन्दाबन्दी खुकुलो नबनाएर शून्य कोभिड नीति अपनाइरह्यो । तर सन् २०२२ को अन्त्यतिर चिनियाँ नागरिकहरूले व्यापक विरोध प्रदर्शन गर्दै बन्दाबन्दीको अवज्ञा गर्न थालेपछि चीन सरकारले नियन्त्रण खुकुलो बनाएको छ ।
बन्दाबन्दी खुकुलो बनाएपछि चीनमा कोभिडका केसहरू ह्वात्तै बढेको बताइएको छ । कतिपय पश्चिमी संस्थाहरूले सन् २०२३ मा कोभिडकै कारण ठूलो संख्यामा चिनियाँहरूको मृत्यु हुने प्रक्षेपण गरेका छन् । तर चीन सरकारले कमभन्दा कम मानिसको मृत्यु हुने गरी व्यवस्थित रूपमा बन्दाबन्दी खुकुलो बनाएको अनि खोप अभियानलाई तीव्रता दिइएको बताएको छ ।
जलवायु परिवर्तनको प्रकोपमा बढोत्तरी
जलवायु परिवर्तनको प्रकोपले सन् २०२२ लाई आक्रान्त बनायो । अतिवृष्टिका कारण आउने बाढीपहिरोले विभिन्न मुलुकहरूलाई वर्षैभरि सतायो । पाकिस्तानमा पहिला उखुम गर्मीका कारण जीवन कष्टकर भएकोमा पछि अतिवृष्टिका कारण बाढी आएपछि लगभग एकतिहाइ भूभाग डुबानमा परेको थियो ।
अमेरिकामा जाडो याम लागेपछि उत्तरी ध्रुवबाट आएको चिसो हावाको झोक्का अर्थात् आर्कटिक ब्लास्टले धेरैको ज्यान लिएको छ । त्यसअघि गर्मी याममा आएको सुक्खाका कारण अमेरिकाको दक्षिणपश्चिम भागमा जलाशयहरू सुकेका थिए । अनि इयन तुफानले फ्लोरिडा राज्यलाई सताएको थियो ।
इन्डोनेसिया र फिलिपिन्स लगायतका मुलुकमा पनि प्राकृतिक प्रकोपले धनजनको क्षति गराएको थियो । युरोपमा लागेको डढेलोले पनि विश्व वातावरणीय संकटमा रहेको प्रमाण दियो ।
जलवायु परिवर्तनसम्बन्धी शिखरबैठक कोप२७ इजिप्टको शर्म अल शेखमा आयोजना गरिएको थियो र त्यसमा धनी मुलुकहरूले जलवायु परिवर्तनका कारण समस्या बेहोरिरहेका गरीब मुलुकहरूलाई क्षतिपूर्ति दिने सहमति गरेका थिए ।
तर जीवाष्म इन्धनबाट हुने उत्सर्जन कटौतीका विषयमा सार्थक सहमति बन्न सकेन । वर्षैभरि पृथ्वीको वायुमण्डलमा खतरनाक कार्बनडाइअक्साइडको मात्रा बढिरह्यो ।
इरानमा महिलाहरूको विद्रोह
सन् २०२२ मा इरानका महिलाहरूले गरेको सरकारविरोधी प्रदर्शनले त्यहाँका शासकहरूलाई अप्ठ्यारोमा पारेको छ । माहसा अमिनी नामक कुर्दिश मूलकी २२ वर्षीया युवतीलाई राजधानी तेहरानमा आफ्नो कपाल हिजाबले राम्ररी नछोपेको आरोपमा त्यहाँको धार्मिक प्रहरीले हिरासतमा लिएपछि उनको त्यहीँ मृत्यु भएको थियो । त्यसको विरोधमा इरानी महिलाहरूले हिजाब फालेर प्रदर्शन गरिरहेका छन् ।
इरान सरकारले अमेरिका र इजरायललाई यस प्रदर्शनमार्फत इस्लामिक शासनलाई सत्ताच्युत गराउन खोजेको आरोप लगाइरहेको छ । प्रदर्शनमा सहभागी १०० जना जतिलाई राज्यले मृत्युदण्ड दिइसकेको विभिन्न मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् । प्रहरी दमनमा परी ४०० भन्दा बढी मानिस मारिएको बताइएको छ ।
यस विरोध प्रदर्शनले क्रान्तिको स्वरूप लिन थालेको बताइएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा आएको आयातोल्लाह शासनलाई अहिलेको क्रान्तिले विस्थापित गर्न सक्ने आकलन पश्चिमी विश्लेषकहरूले गरिरहेका छन् ।
दक्षिण अमेरिकामा वामपन्थी लहर
सन् २०२२ मा दक्षिण अमेरिकी महादेशमा वामपन्थी लहर कायम रहेको छ । सन् २०१८ मा मेक्सिकोमा ओब्रादोर राष्ट्रपति बनेपछि शुरू भएको वामपन्थी लहर अघिल्लो वर्ष पनि जारी रह्यो । सन् २०२२ मा होन्डुरस, कोलम्बिया र ब्राजिलमा वामपन्थी नेताहरू राष्ट्रपति बने । यसलाई पिंक टाइड २ भन्ने गरिएको छ ।
तर वामपन्थी नेताहरूलाई आर्थिक सुस्तता, बढ्दो महंगी, भारी असमानता तथा चरम राजनीतिक ध्रुवीकरण लगायतका समस्याको समाधान गर्नुपर्ने ठूलो चुनौती छ । पेरुमा वामपन्थी राष्ट्रपति कास्तिालोले संकटकालको घोषणा गरेपछि उनलाई महाभियोग लगाएर हटाइएको अनि उक्त देश अस्थिरतामा फसेको देख्दा दक्षिण अमेरिकाका वामपन्थीहरूका लागि चुनौती व्यवस्थापन सहज नहुने देखिन्छ ।
चिनियाँ राष्ट्रपतिको तेस्रो कार्यकाल
चीनका राष्ट्रपति सी चिनपिङ अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएको पनि सन् २०२२ को महत्त्वपूर्ण घटना हो । अक्टोबर २३ मा पुनः निर्वाचित भएर सीले आफूलाई जनगणतन्त्र चीनका संस्थापक माओ चतोङपछिकै प्रभावशाली नेताका रूपमा उभ्याएका छन् । सीको तेस्रो कार्यकालमा चीन थप आक्रामक रूपमा विश्व मञ्चमा प्रस्तुत हुने आकलन गरिएको छ ।
यसबाहेक अन्य प्रमुख घटनाक्रम यसप्रकार छन् : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको मृत्यु (जसले बेलायती उपनिवेशवादको चर्चाको अवसर दियो), जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या, विश्वको जनसंख्या ८ अर्ब पुगेको आँकडा, अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेपछि भइरहेका खुलासा, बेलायतमा राजनीतिक अस्थिरताका कारण दुई महिनाको अवधिमा तीनपटक प्रधानमन्त्री फेरिएर अहिले भारतीय मूलका प्रधानमन्त्रीले चलाइरहेको शासन, श्रीलंकामा गहिरो आर्थिक संकटका कारण जन्मिएको विद्रोहपछि राष्ट्रपति नै देश छोडेर भाग्नुपर्ने अवस्था, ३६ वर्षपछि अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि लियोनल मेसी संसारका सबभन्दा महान् फूटबलर बनेका घटना पनि चर्चामा रहे ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...