×

NMB BANK
NIC ASIA

६ सय प्रतिशतसम्मले वृद्धि भएको पोल भाडा फिर्ता गर्न आइस्पानको माग, राज्यको निर्णय फिर्ता हुँँदैन : प्राधिकरण

पुस १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापत लिने भाडामा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था (आइस्पान)ले विरोध गरेको छ । आइस्पानले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै इन्टरनेटको तारका लागि विद्युत् प्राधिकरणले ६ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । 

Muktinath Bank

प्राधिकरणले इन्टरनेटको लागि प्रति पोल प्रतिवर्ष गाउँपालिकाको लागि ५० बाट ३५० रुपैयाँ, नगरपालिकामा १०५ बाट ४५० रुपैयाँ र उपमहानगर तथा महानगरको लागि २०५ बाट ७५० रुपैयाँ बताएको छ । भाडावृद्धि २६५ प्रतिशतदेखि ६०० प्रतिशतसम्म भएको भन्दै आइस्पानले विरोध गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइस्पानले प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गतको इन्टरनेटको लागि पोल भाडा बढाएको, भाडा नतिर्ने सेवाप्रदायकको लाइन काटेर अत्यावश्यक सेवालाई प्रभावित पारेको भन्दै विरोध गरेको छ । 


Advertisment
Nabil box
Kumari

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले अस्वभाविक रूपमा बढाएको भाडा फिर्ता लिनुपर्ने माग गरेको बताए । उनले भने ‘राज्यको लागि इन्टरनेट सेवाप्रदायकले गरेको लगानीलाई अप्ठ्यारोमा पार्ने गरी राज्यकै अर्को निकाय लागेको छ । इन्टरनेट सेवाप्रदायकसँग कुनै छलफलबिना नै गरेको यस्तो भाडावृद्धि व्यवहारिक नभएको र आफूहरूलाई अप्ठ्यारो पार्ने गरी बढेकोले फिर्ता हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

पराजुलीका अनुसार विद्युत् प्राधिकरणले आफूखुशी अचाक्ली भाडा बढाउँदा इन्टरनेट सेवाप्रदायक अप्ठ्यारोमा परेका छन् । प्राधिरकणको यस्तो निर्णयले एकतर्फी भएको आइस्पानको भनाइ छ ।

प्राधिकरणले भाडा बढाएकोले इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट लिनुपर्ने हुन्छ । उपभोक्तालाई असर पर्ने गरी विद्युत् प्राधिकरणले नयाँ भाडादरमा सम्झौता गर्न दबाब दिइरहेको पनि पराजुलीको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार राज्यले गरेको निर्णय फिर्ता नहुने बरु कार्यान्वयन हुने प्रतिक्रिया दिए । भट्टराइले भने ‘ऊर्जा, सञ्चार, नेपाल  विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालयसहितका प्रतिनिधिको बैठकबाट गरेको निर्णय फिर्ता गर्ने भन्ने हुँदैन ।’

इन्टरनेट कम्पनीहरूले प्राधिकरणको पूर्वाधार प्रयोग गरेवापत भाडा तिर्नुपर्छ उनीहरूले पनि जनताबाटै पैसा लिएर सेवा दिएको हुनाले पोल भाडा नतिरी सेवा दिन्छु भन्न नपाउने पनि भट्टराईको बुझाइ छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x