चैत ६, २०७९
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
काठमाडाैं | पुस २०, २०७९
डेढ दशकसम्म गृहयुद्धको चपेटामा परी थिलथिलो बनेर पुनरुत्थान भएको लेबनन पुनः एकपटक धार्मिक विभाजनले निम्त्याएको कलहका कारण गृहयुद्धमा फस्ने खतरा बढेको छ ।
क्रिस्चियन धर्मावलम्बीहरूको अतिवादी समूह सोल्जर्स अफ गडले गृहयुद्धका लागि वातावरण बनाइरहेको चित्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीले प्रस्तुत गरेका छन् । ती अतिवादीहरूको सम्बन्ध युद्धसरदार, लडाकू तथा विगतको गृहयुद्धमा सहभागी पक्षहरूसँग रहेको हुँदा त्यसले खतरनाक परिदृश्य निर्माण गरिरहेको बताइन्छ ।
राजधानी बेरुतको पूर्वी भागमा रहेको अशरफियेमा आफूलाई गार्डियन एन्जल्स भनी चिनाउने क्रिस्चियन युवकहरूले हातहतियारका साथ गश्ती गर्ने गरेका छन् । दाह्री पालेका ती मांसल युवकहरूले समलिंगी तथा तेस्रोलिंगीहरूलाई दमन गर्ने गरेका छन् । उनीहरू मुसलमानलाई पनि देखिसहँदैनन् ।
लेबनन सेनाको गुप्तचर इकाइले गरेको एक अनुसन्धान अनुसार, सोल्जर्स अफ गड समूहका मानिसले सन् २०२१ को अक्टोबर महिनामा सातजनाको सामूहिक हत्या गरेका थिए । बेरुतकै तायूनेह नामक टोलमा शिया मुसलमानहरूको हिज्बुल्लाह तथा अमाल पार्टीका समर्थकहरूलाई हत्या गरिएको थियो । घटनामा थप ३२ जना घाइते भएका थिए ।
उक्त सामूहिक हत्याको समन्वय गर्ने काम लेबनिज फोर्सेस नामक क्रिस्चियनहरूको समूहका नेता समिर जियाजियाका सुरक्षा प्रमुख साइमन मुसल्लम भएको बताइएको छ । लेबनिज फोर्सेस सन् १९७५ देखि १९९० सम्म लेबननमा चलेको गृहयुद्धमा सहभागी एक समूह हो । गत मे महिनामा भएको निर्वाचनमा उसले सर्वाधिक १९ सीट जितेर आफूलाई सबभन्दा ठूलो दलका रूपमा उभ्याएको थियो ।
लेबननको सुरक्षा निकायले सोल्जर्स अफ गडलाई भविष्यमा जोखिमका रूपमा उदाउन सक्ने क्रिस्चियन अतिवादी समूह भनेको छ । उसले लेबनिज फोर्सेस र कताएब पार्टीसँग सम्बन्ध कायम गरेको छ र ती दुईटै समूह पहिलेको गृहयुद्धमा सहभागी थिए ।
लामो समयसम्म लेबननको सत्तामा रहेको हिज्बोल्लाह पार्टी गत मे महिनामा भएको निर्वाचनमा पराजित भएको थियो भने क्रिस्चियन लेबनिज फोर्सेसले सीट संख्या बढाएको थियो ।
हिज्बोल्ला पराजित भए पनि लेबननमा उसको प्रभाव कायम छ । उसको आफ्नै लडाकू समूह छ जसको नाम पनि हिज्बोल्लाह नै हो । इरानको समर्थनप्राप्त यस समूहले पश्चिम एसियामा अमेरिका र इजरायलविरोधी अनेकौं गतिविधि गर्ने गरेको छ ।
क्रिस्चियनहरूले सोल्जर्स अफ गडलाई प्रोत्साहन गरी हिज्बोल्लाहसँग टक्कर लिने शक्ति सिर्जना गर्न खोजेको बताइन्छ ।
लेबननको सामाजिक संरचना बहुधार्मिक छ र त्यो नै तनावको कारण पनि बन्ने गरेको छ । फ्रान्सले लेबननमा उपनिवेश चलाउँदा धार्मिक विभाजनलाई चर्काएको थियो । सन् १९४३ मा फ्रान्सको उपनिवेश अन्त्य भएपछि गरिएको एक सहमतिअन्तर्गत राजनीतिक शक्ति लेबननका मुख्य तीन धार्मिक समूहमा विभाजन गरिएको छ ।
सुन्नी मुसलमानलाई प्रधानमन्त्री बनाइन्छ भने मेरोनाइट क्रिस्चियन राष्ट्रपति हुन्छन् अनि शिया मुसलमान संसद्का सभामुख हुने गर्छन् । अहिले सुन्नी मुसलमान नजीब मिकाती प्रधानमन्त्री छन् भने मेरोनाइट क्रिस्चियन मिशेल आयोन राष्ट्रपति छन् । त्यस्तै अमाल मुभमेन्ट पार्टीका सुन्नी मुसलमान नबीह बेरी संसद्का सभामुख छन् ।
धार्मिक पहिचानमा आधारित राजनीतिक शक्ति बाँडफाँटकै कारण विगतमा गृहयुद्ध चर्केको थियो । छिमेकी मुलुक इजरायलले प्यालेस्टाइनीहरूलाई लखेटेपछि लेबननमा सुन्नी मुसलमानहरूको संख्या बढ्यो अनि सत्तारूढ अल्पसंख्यक क्रिस्चियनहरूले आफूलाई किनारीकृत गरेको अनुभव शिया मुसलमानहरूले गरे ।
त्यसले जन्माएको तनावका कारण गृहयुद्ध मच्चिएको थियो । त्यसमा एक लाख २० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
तनाव चर्किँदै जाँदा सबै धार्मिक समूहले आआफ्नो लडाकू दस्ता निर्माण गरेका थिए । क्रिस्चियनहरूले सन् १९७६ मा लेबनिज फोर्सेस अनि शिया मुसलमानहरूले इरानमा भएको इस्लामिक क्रान्तिपछि सन् १९७९ मा हिज्बोल्लाह गठन गरेका थिए । अनि सुन्नी मुसलमानहरूको लेबनिज अरब आर्मी तथा तौहीद जस्ता लडाकू समूह थिए ।
सन् १९८९ मा गरिएको तैफ सहमतिले गृहयुद्ध अन्त्य गर्ने प्रक्रिया शुरू गरेको थियो अनि सन् १९९१ मा हिज्बुल्लाहबाहेक सबै लडाकू समूह भंग गरिएको थियो । हिज्बुल्लाहले अझै पनि लेबननको दक्षिणी सीमाको सुरक्षा गरिरहेको छ जबकि आम लेबननीहरू त्यो काम सरकारी सेना र प्रहरीले गर्नुपर्ने मान्यता राख्छन् ।
इरानको सहयोगप्राप्त हिज्बोल्लाहले लेबननमा मात्र नभई पश्चिम एसियाभरि नै प्रभाव विस्तार गरेपछि क्रिस्चियनहरू चिन्तित बनेका छन् । हिज्बुल्लाहको गतिविधि बढिरहेको अनि शिया तथा सुन्नी दुवैथरी मुसलमानहरूको संख्यामा वृद्धि भइरहेको अवस्थामा क्रिस्चियनहरू खतरामा परेको अनुभव गरी सोल्जर्स अफ गड बनाइएको बताइन्छ । यसका सदस्यहरूले प्यालेस्टाइनी र सिरियाली मुसलमान शरणार्थीहरूलाई तारो बनाउने गरेका छन् ।
सन् २०२० मा औपचारिक रूपमा गठन गरिएका उनीहरूलाई विरोधीहरूले इस्लामिक स्टेटको क्रिस्चियन संस्करण भन्ने गरेका छन् । उनीहरूको लेबननी नाम जुनुद अल–रब हो ।
हुन पनि सोल्जर्स अफ गडका सदस्यहरू इस्लामिक स्टेट जस्तै कट्टर धार्मिक अतिवादी हुन् । उनीहरू कालो लुगा लगाउँछन् र दाह्री पाल्छन् अनि धार्मिक पवित्रता कायम राख्नुपर्नेमा जोड दिन्छन् । क्राइस्टको निर्देशनलाई आफूहरूले पालन गर्ने उनीहरू बताउँछन् ।
उक्त समूहका नेता जोसेफ मन्सूरले आफूहरू जिससको सन्तान भएको अनि सुसमाचारलाई अक्षरशः पालन गर्ने बताएका छन् । बाइबल र क्रिस्चियानिटीलाई आफूहरूले प्रतिरक्षा गर्ने उनको भनाइ छ ।
उनीहरूलाई लेबननका प्रख्यात बैंकर आत्वाँ सहनुईले लगानी गरिरहेको बताइन्छ । उनी सोसाइटे जेनेराल बैंक ग्रूपका अध्यक्ष हुन् ।
तर उनले अतिवादी समूहहरूसँग आफ्नो सम्बन्धका विषयमा अस्वीकार गरेका छन् । तथापि जोसेफ मन्सूर उक्त बैंकका कर्मचारी भएकाले लेबननीहरूले सहनुईसँगको सम्बन्धलाई अझै पनि जोडिरहेका हुन् । अनि सोल्जर्स अफ गडका अधिकांश सदस्यहरू त्यही बैंकका सुरक्षा गार्ड भएकाले पनि सम्बन्ध जोडिएको हो ।
लेबनिज फोर्सेस पार्टीका नेता समिर जियाजिया र अचरफिये नागरिक संगठन खोल्ने सांसद नदिम गमायेलको आशीर्वाद सोल्जर्स अफ गडलाई रहेको बताइन्छ । उनीहरू हिज्बोल्लाका घोर विरोधी हुन् ।
कुनै समयमा लेबनन क्रिस्चियनबहुल देश थियो भने अहिले त्यो मुसलमानबहुल बनेको छ । त्यसैको द्वेष लिँदै क्रिस्चियनहरूले सोल्जर्स अफ गड जस्ता अतिवादी सशस्त्र समूहलाई प्रोत्साहन गरिरहेको बताइन्छ ।
विगतको गृहयुद्धमा लडेका समूहहरूले नै सोल्जर्स अफ गडलाई समर्थन गरेकाले भविष्यमा पुनः धार्मिक विभाजन चर्किएर गृहयुद्धको रूप लिने हो कि भनी लेबननीहरूले चिन्ता लिएका छन् । देशको अर्थतन्त्र जर्जर भएर बेरोजगारीको समस्या भयावह बनिरहेको अवस्थामा युवालाई अतिवादमा लाग्न मलिलो जमीन समेत तयार भएको अवस्थाले चिन्ता बढाएको हो ।
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा राजस्व अनुसन्धान विभागले १७ वटा मुद्दामा जम्मा ३५ करोड रुपैयाँ मात्रै बिगो दाबी गरेको छ । पछिल्लो एक महिनामा भने ४ वटा मुद्दामा नै ६३ करोड रुपैयाँको ...
रुस–युक्रेन द्वन्द्व शुरू भएको एक वर्षभन्दा बढी समय भइसक्दा युद्ध टुंगिनुको साटो झन् चर्किने लक्षण देखिएको छ । मंगलवार कृष्ण सागर (ब्ल्याक सी) माथि उडिरहेको अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई रुसी...
‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भा...
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...