अर्जेन्टिनाका कप्तान लियोनल मेसी क्लबको खेल खेल्न पेरिस आइपुगेका छन् ।
कतारमा अर्जेन्टिनालाई ऐतिहासिक उपाधि दिलाएपछि उनी पेरिस सेन्ट जर्माँको खेललाई केही दिनका लागि स्थगित गर्दै अर्जेन्टिनामा खुशियाली मनाउन गएका थिए ।
त्यहाँबाट मंगलवार उनी पेरिस आउँदा उनका प्रशंसकहरूले भव्य स्वागत गरेका हुन् । पेरिस विमानस्थलमा हजारौं समर्थकहरू उनको एक झलक पाउन तथा उनलाई हौस्याउन भेला भएका थिए ।
एल ग्राफिकोले यस खुशियालीको भिडियो ट्विटरमा सार्वजनिक गरेको हो । पेरिसवासीहरूले मेसीप्रति देखाएको माया भिडियोमा देख्न सकिन्छ ।
मेसी नभएको पीएसजी अघिल्लो साता रेसिङ क्लब दे लेन्ससँग ३–१ ले पराजित भएको थियो ।
🏆 Lionel #Messi ya arribó a París 🇫🇷 para volver a @PSG_inside y fue recibido… ¡con fuegos artificiales! 💥 pic.twitter.com/LFiud6xIEK
— El Gráfico (@elgraficoweb) January 3, 2023