२६ जेठ २०८३, मंगलबार

बेलायतका राजकुमार ह्यारीको दाबी– मलाई दाइ विलियमले भुइँमा पछारेर घाउ लगाए

पुस २१, २०७९
बेलायतका राजकुमार ह्यारीको दाबी– मलाई दाइ विलियमले भुइँमा पछारेर घाउ लगाए

बेलायतका राजकुमार ह्यारीले नयाँ पुस्तक ‘स्पेयर’ मा आफूलाई दाइ विलियमले भौतिक आक्रमण गरेको दाबी गरेका छन् । 

चर्को बहसपछि दाइले भुइँमा लडाइदिएकाले आफूले थेरापिस्ट बोलाउनुपरेको उनको भनाइ छ । 

पत्नी मेगन मार्कलका विषयमा बेस्सरी झगडा भएपछि विलियमले लडाइदिँदा आफूलाई चोटपटक लागेको ह्यारीको दाबी छ । विलियमले मेगनका विषयमा पत्रिकाहरूको भाष्यलाई दोहोर्‍याएको उनी लेख्छन् । 

विलियमले मेगनलाई अडबांगी, छुच्ची र ठाडी भनेको ह्यारी लेख्छन् । त्यसपछि आफूहरूबीच झगडा भएको उनको कथन छ । घटना लन्डनमा सन् २०१९ मा भएको हो । 

अर्को साता प्रकाशित हुने पुस्तकको केही अंश द गािर्डयन पत्रिकामा छापिएको छ । त्यसमा ह्यारीले आफूलाई चोट लागेपछि पत्नीलाई नभई चिकित्सकलाई बोलाएको दाबी गरेका छन् । मेगनले पछि ह्यारीको शरीरमा घाउचोट देखेकी थिइन् । 

दाजुभाइबचि झगडा हुँदा बुवा चार्ल्सले ‘लौन केटाहरू, मेरो जीवनको अन्तिम दिनहरूलाई तनावपूर्ण नबनाओ’ भनेको पनि ह्यारीले लेखे । 
 

salt training

कमेन्ट गर्नुहोस्