गण्डकी प्रदेश सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमवारसम्ममा सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले प्रदेशसभामा कुनै दलले बहुमत प्राप्त गर्न नसकेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न भनेका छन् । 