पुस १४, २०८०
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
जग्गा विवादको विषलाई लिएर सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकाका विवाद हुँदा एकै परिवारका ७ जना घाइते भएका छन् । भोक्रहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
घाइते हुनेहरूमा झोक्रहा नरसिंह गाउँपालिका-३ फुल चौकका ४५ वर्षीय राज कुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्य नारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सवर्ण मण्डल, ४५ वर्षीय देवकी देवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जना कुमारी मण्डल छन् । उनीहरू एकै परिवारका हुन् ।
घाइतेहरूको उपचार विराटनगरस्थित न्युरो हस्पिटलमा भइरहेको छ । घाइतेमध्ये ४५ वर्षीय राजकुमार र पवन गम्भीर रहेका उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन् । राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन् ।
पवनको टाउकोमा ९ वटा टाँचा लगाइएको अस्पतालले जनाएको छ । उनलाई न्युरो अस्पतालको पोस्टप वार्डमा राखिएको छ । सत्यनारायणको दाहिने हात भाँचिएको छ। सुवर्णको देब्रे हात काटिएको छ । गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ ।
महेन्द्र र घाइते हुनेहरू छिमेकी हुन् । महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दीपक यादव, राज कुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङ्ग्रोले लखेटी लखेटी आक्रमण गरेको घाइतेका आफन्त देवकुमार मण्डलले आरोप लगाएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा ५ बिघा १८ कट्ठा ३ धुर जग्गा भोगचलन गर्ने विषयलाई लिएर विवाद भएको थियो ।
उक्त जग्गा देवकुमार मण्डलले २००६ सालदेखि भोगचलन गर्दै आएका दाबी गरेका छन् । यता पूर्वअध्यक्ष महेन्द्र यादवको दाजु ढनाइले २०३२ सालदेखि ५ बिघामध्ये २ बिघा भोग चलन गर्दै आएको दाबी गरेका छन् ।
जग्गाको विवाद हुँदा देवकुमारका ठूलोबुबा गुलत मण्डलले २०३७ सालमा सुनसरी अदालतमा मुद्दा हालेका थिए । मुद्दा जिल्ला हुँदै सर्वाेच्च अदालत पुग्यो । सर्वाेच्चले २०७५ भदौ २० गते फैसला गरेको थियो । फैसलामा ऐलानी जग्गा भएकाले मालपोत कार्यालयले निर्णय नगरेसम्म कसैले पनि जोतभोग नगर्नू भन्ने आदेश दिएको थियो ।
मालपोतले भने कुनै निर्णय गरेको छैन । विवादित रहेको जग्गामा महेन्द्रका दाजु ढुनाइ र वीरेन यादव मंगबलार ट्याक्टर लिएर खेतमा पुगेका थिए । जोत्न गएपछि रोक्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् ।
आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइले वर्षाैँदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताएका छन् । आफ्ना भतिज जितनारायण र जय प्रकाश पनि घाइते भएका उनले बताएका छन् ।
उनीहरूको हातमा चोटपटक लागेको यादवले बताए । आक्रमणमा आफ्नो कुनै पनि संलग्न नरहेको उनले बताए। सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाको अनुसन्धान गर्न घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाएर थप अनुससन्धान थालिएको जानकारी दिएका छन्।
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...