चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
पुस २७, २०७९
ब्राजिलमा आइतवार (८ जनवरी) एक हुल दंगाकारीहरूले राज्यका तीनै अंगमा आक्रमण गरेपछि त्यसको चौतर्फी निन्दा भइरहेको छ ।
पूर्व राष्ट्रपति जाइर बोल्जोनारोका समर्थक हौं भनी दाबी गर्ने ती उपद्रवीहरूले राष्ट्रपति भवन, सर्वोच्च अदालत र संसद् भवनमा प्रवेश गरी तीन घन्टासम्म तोडफोड र हिंसा गरेका थिए । नवनिर्वाचित राष्ट्रपति लुला इनासियो लुला दा सिल्भाले पद तथा गोपनीयताको शपथ लिएको एक हप्तालगत्तै बोल्जोनारोका समर्थकहरूले राज्यका संवेदनशील निकायमा आक्रमण गरेका हुन् ।
यस प्रकरणले सन् २०२१ को जनवरीमा अमेरिकी संसदमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणको झल्को दिएको छ । त्यतिखेर संसद्ले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको जीतलाई प्रमाणीकरण गर्नका लागि प्रक्रिया अघि बढाउँदा ट्रम्पसमर्थकहरूले संसद् भवन क्यापिटोलमा प्रवेश गरी घन्टौंसम्म उपद्रो गरेका थिए ।
आफूलाई ट्रम्पका अनुयायी मान्ने बोल्जोनारोले पनि समर्थकहरूलाई लामो समयसम्म उक्साएर ब्राजिलको राज्य संयन्त्रमाथि आक्रमण गर्ने वातावरण निर्माण गरेका हुन् । गत जुन महिनामा नै उनले आफू पराजित भएमा समर्थकहरूलाई युद्धमा जान आह्वान गरेका थिए ।
तर चुनाव हारेपछि उनी आफैं चाहिँ डिसेम्बर महिनाको अन्त्यतिर ब्राजिलबाट अमेरिकाको फ्लोरिडा पुगेर पेटको उपचार गराइरहेका छन् र त्यतै बसिरहेका छन् । एनपीआर डट्कमकी एमिली ओल्सनका अनुसार, बोल्जोनारोमाथि चारवटा फौजदारी मुद्दामा अनुसन्धान चलिरहेकाले त्यसबाट बच्न सकिन्छ भनी उनी अमेरिका गएका हुन् । संसद्, राष्ट्रपति र सर्वोच्च अदालत भवनमा आक्रमण हुँदा आफू देशबाहिर रहेकाले त्यसको जिम्मेवारी आफूमा निहित नरहने तर्क बोल्जोनारोले गर्ने सम्भावना छ ।
त्यसो त बीबीसीकी केटी वाटसन बोल्जोनारो आफैंले आक्रमणको योजना नबनाएको हुन सक्ने तर यस घटनामा उनको जिम्मेवारीलाई अलग्याउन पनि नसकिने लेख्छिन् ।
हुन पनि बोल्जोनारोले आफू राष्ट्रपति हुन्जेल ब्राजिलका सरकारी निकायमाथि लगातार प्रश्न उठाउने गरेका थिए । उनले कुनै पनि प्रमाण नदिइकनै सर्वोच्च अदालत आफूविरुद्ध राजनीतिक रूपमा लागेको तथा मतदान प्रणाली पनि धाँधलीको जोखिममा रहेको बताउने गरेका थिए । उनका अन्धसमर्थकहरूले यी कुरालाई गम्भीरतापूर्वक लिएर आफ्ना प्यारा नेताविरुद्ध लागेको भनिएका राज्यका निकायमाथि आक्रमण गरेका हुन् ।
आइतवारको स्थिति आउनुअघिबाट नै ब्राजिलमा तनावका संकेतहरू देखिन थालिसकेका थिए । गत अक्टोबर महिनामा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्जोनारोले विपक्षी उम्मेदवार लुलाको विजयमाथि प्रश्नचिह्न खडा गरेका थिए ।
निर्वाचन परिणाम घोषणा गरिएलगत्तै बोल्जोनारो समर्थकहरू ब्राजिलभरिका सैन्य अड्डाबाहिर भेला भएर लुलालाई राष्ट्रपति बनाउनबाट रोक्नका लागि सेनासँग माग गरिरहेका थिए । आफूलाई राष्ट्रवादी देखाउनका लागि उनीहरू ब्राजिली झण्डा बेरेर प्रदर्शन गरिरहेका थिए । अनि बोल्जोनारोका समर्थक ट्रकचालकहरूले सडकमा ट्रक तेर्स्याएर विरोध पनि गरेका थिए ।
नोभेम्बर महिनामा पनि बोल्जोनारो समर्थकहरूले सैन्य हस्तक्षेपको माग गर्दै अनेकौं जुलुस निकालेका थिए । नोभेम्बर २२ मा बोल्जोनारो स्वयंले पनि निर्वाचनमा ठूलो संख्यामा भोटहरू अवैध भएको आरोप लगाउँदै मतपरिणामलाई चुनौती दिएका थिए ।
डिसेम्बर महिनामा पनि विरोध जारी रह्यो । क्रिसमस अर्थात् डिसेम्बर २५ को पूर्वसन्ध्यामा राष्ट्रपति निर्वाचनको मतपरिणामको विरोध गर्दै बम पड्काउने एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।
बोल्जोनारो समर्थकहरूले राजधानी ब्रासिलियामा रहेको संघीय प्रहरी मुख्यालयमा आगजनी गरेका थिए । कू गर्न खोजेको आरोप लगाउँदै चारजनालाई डिसेम्बर २९ मा पक्राउ गरिएको थियो ।
तमाम विरोधका बावजूद लुलाले जनवरी १ मा पदको शपथ लिएका थिए । शपथग्रहण समारोहभन्दा ठीक अघि बम पड्काउन खोज्ने एकजनालाई पक्राउ गरिएको थियो । लुला औपचारिक रूपमा राष्ट्रपति बनेपछि त्यसलाई सहन नसकी बोल्जोनारो समर्थकहरूले जनवरी ८ मा हिंसा र तोडफोड गरेका हुन् ।
बोल्जोनारोका चार हजार समर्थकहरू आइतवार अपराह्न २ बजे संसद् भवनतर्फ जुलुस निकाल्दै अघि बढेका थिए । लगभग ३ बजेतिर उनीहरू संसद् भवनका ब्यारियर तोड्दै भित्र प्रवेश गरेका थिए ।
अरू समर्थकहरू राष्ट्रपति भवनमा प्रवेश गरी त्यहाँका कलाकृति र फर्निचर तोडफोड गरेका थिए । गार्डियन पत्रिकाका संवाददाता टम फिलिप्सले दिएको विवरणअनुसार, उपद्रवीहरूले राष्ट्रपति भवनको दोस्रो तल्लामा रहेको १९औं शताब्दीका प्रधानमन्त्री ड्युक अफ कासियासको तस्वीरमा हिटलरको जुँगा बनाइदिएका थिए । उनीहरूले महान् चित्रकार एमिलियानो डी कभालकान्तीको लाखौं डलर पर्ने तस्वीरमा सातपटक चक्कु प्रहार गरेका थिए ।
अनि सर्वोच्च अदालत भवनको अग्रभागमा रहेको शीशाको संरचना पनि उनीहरूले तोडफोड गरेका थिए भने न्यायाधीशहरू बस्ने च्याम्बर पनि भत्काइदिएका थिए ।
साढे ५ बजेसम्म दंगाकारीहरूलाई सुरक्षाकर्मीले पानीको फोहरा र स्तब्ध बनाउने हतियार उपयोग गरी तितरबितर बनाएका थिए । तर धेरैजसो विरोधकर्ताहरू सरकारी भवन परिसरबाहिरै पछिसम्म पनि बसिरहेका थिए ।
ब्राजिलका न्यायमन्त्री फ्लाभिओ डिनोले घटनामा संलग्न १५ सयजनाभन्दा बढीलाई पक्राउ गरिसकिएको जानकारी पत्रकारहरूलाई दिएका छन् ।
राष्ट्रपति लुला दा सिल्भाले यो घटना बर्बरतापूर्ण भएको बताएका छन् । सुरक्षा प्रबन्धमा आएको कमीका कारण बोल्जोनारोका फासिस्ट समर्थकहरूलाई सरकारी निकायका भवनको ब्यारियर तोडेर अघि बढ्न सजिलो भएको पनि उनले जानकारी दिए । घटनामा संलग्न सबैलाई दण्ड दिइने उनको भनाइ छ ।
तर उपद्रवीहरूले यसरी राज्यका संवेदनशील निकायका भवनमा तोडफोड गर्न पाउने स्थिति आफैंमा निकै गम्भीर छ । पर्याप्त संख्यामा प्रहरी जवानहरूलाई सुरक्षामा नखटाइएको विषयमा प्रश्न उठिरहेका छन् । सुरक्षा संयन्त्रमा रहेका बोल्जोनारो समर्थकहरूले नै सत्ता पल्टाउन सकिहालिन्छ कि भनी सुरक्षा प्रबन्ध कमजोर बनाउन लगाएको हुन सक्ने अनुमान पनि गरिएका छन् ।
ब्रासिलिया क्षेत्रका गभर्नर इबानेइस रोचाले विरोधकर्ताहरू हिंस्रक बन्न सक्छन् भन्ने थाहा पाएर पनि पर्याप्त सुरक्षाकर्मी नखटाएको आरोप लागेको छ । त्यसपछि आइतवार नै सर्वोच्च अदालतका न्यायाधीश अलेक्सान्द्रे डे मोराएसले रोचालाई गभर्नर पदबाट ९० दिनका लागि निलम्बन गरेका छन् ।
बोल्जोनारो समर्थकहरूको षड्यन्त्र विफल भएपछि अब सुरक्षाकर्मीहरू नयाँ राष्ट्रपति लुलाको पक्षमा रहने अपेक्षा छ अन्यथा उनलाई सरकार चलाउन गाह्रो पर्नेछ ।
बोल्जोनारो समर्थकहरूले किन सेनालाई हस्तक्षेप गर्नका लागि लगातार पुकारा गरेका हुन् भन्ने विषयमा पनि रोचक कारण छ । बोल्जोनारो आफैं सेनाका पूर्व क्याप्टेन हुन् र उनले सन् २०१८ मा चुनाव जितेदेखि नै सेनासँग निकट सम्बन्ध राखिरहेका थिए । सेनाको शीर्ष तहका अधिकृतहरूले उनीप्रति राजनीतिक सहानुभूति राख्ने गरेको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।
अनि ब्राजिलका दक्षिणपन्थीहरू अहिले पनि सन् १९६४ देखि १९८५ सम्म चलेको सैनिक शासनको स्नेहपूर्वक सम्झना गर्छन् अनि त्यो फर्किए हुन्थ्यो भनी कामना गर्छन् । ती दक्षिणपन्थीहरूका प्यारा नेताका रूपमा उदाएका बोल्जोनारो पनि इतिहासको त्यो कालखण्डलाई बारम्बार सम्झना गर्ने गर्थे । नवनिर्वाचित राष्ट्रपति लुलाले चाहिँ तत्कालीन सैन्य शासनको विरोध गरेकोमा कैद सजाय बेहोरेका थिए ।
तर बोल्जोनारो समर्थकहरूको बिन्तीका बावजूदका सेनाले राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्न मानेको छैन । सैन्य शासनको बेलामा मुलुकमा आर्थिक अव्यवस्था आएर जनतामा चरम असन्तुष्टि छाएको तीतो यथार्थलाई मनन गर्दै सेनाले राजनीतिक हस्तक्षेपबाट टाढै रहने मनस्थिति बनाएको बुझिन्छ । संविधानले पनि सेनालाई राजनीतिबाट टाढै रहन निर्देशन दिएको छ ।
त्यसैले सेनाको साथ नपाएका अनि नयाँ सरकारले पनि कठोर कारवाही गर्ने भनेका बोल्जोनारो समर्थकहरूलाई अप्रिय यथार्थ पचाउनुको विकल्प छैन ।
अमेरिकामा ट्रम्प र ब्राजिलमा बोल्जोनारो जस्ता लोकरञ्जनवादी राजनीतिकर्मीहरूको अल्पकालिक उदय तथा बेइज्जतीपूर्वक अवसानले त्यस मार्काको राजनीतिको आयु सकिँदै गएको संकेत दिएको छ । दक्षिणपन्थी लोकरञ्जनवादीहरू जनतालाई ध्रुवीकृत गर्दै बफादारहरूको फौज तयार पार्न त सफल हुने तर शासन गर्ने ढंग उनीहरूसँग नभएको पनि अमेरिका र ब्राजिलका प्रकरणले प्रमाणित गरेका छन् ।
वामपन्थी राष्ट्रपति लुलाको आगमनले ब्राजिललाई प्रगतिको बाटोमा डोहोर्याउने अपेक्षा छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...