चैत ६, २०७९
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सद...
प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्की बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए । माओवादीलाई समेत समेटेर मन्त्रिमण्डल विस्तारमा उनी थिए ।
कार्कीले एमालेबाट एक जना र माओवादीका दुई जनालाई मन्त्री बनाउने तयारी गरेका थिए । सोहीअनुसार एमालेका बुद्धिकुमार राजभण्डारीलाई तयारी अवस्थामा रहन समेत उनले खबर गरेका थिए। भण्डारी पनि कति बेला शपथ खाने निम्तो आउँछ भनेर दौरा सुरुवाल लगाएर संसदमा गएका थिए ।
तर शपथ खान आउनू भनेर उनलाई फोन आएन । माओवादी केन्द्र सरकारमा नगएपछि पहिलो चरणमा उनको नाम हटाइएको थियो ।
माओवादीका मन्त्रीहरूसँगै उनलाई मन्त्री बनाउने आश्वासन मुख्यमन्त्री हिक्मत कार्कीले दिइसकेका थिए। एमाले अध्यक्ष केपी ओलीले राजभण्डारीलाई मन्त्री बनाउन निर्देशन दिएका एमालेका नेताहरू नै बताउँछन्। तर उनलाई मुख्यमन्त्रीको फोन भने आएन।
फोन नआउनु भनेको प्रदेश १ मा माओवादीको विवाद उग्र हुनु हो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का कान्छा ज्वाइँ जीवन आचार्यलाई मन्त्री बनाउने विषयमा विवाद निम्तिनु हो।
जीवन मन्त्री बन्न केन्द्रको प्राथमिकता परे पनि प्रदेशको प्राथमिकतामा भने परेनन् । बिहीबार बसेको प्रदेशका पदाधिकारीको बैठकले आचार्यलाई प्राथमिकतामा राखेको छैन।
उनको नाम चौथो नम्बरमा राखेर सिफारिस गरिएको छ । पहिलो नम्बरमा राजेन्द्र कार्की छन् भने दोस्रो नम्बरमा दुर्गा चापागाईँ, तेस्रो नम्बरमा गणेश उप्रेती, चौथो नम्बरमा जीवन आचार्यको नाम सिफारिस गरेको छ ।
पाँचौँ नम्बरमा राजन किरात, छैटो नम्बरमा नारायणबहादुर मगर र सातौँ नम्बरमा गोम्बु शेर्पाको नाम प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
प्राथमिकताका आधारमा केन्द्रसँग समन्वय गरी मन्त्री बनाउने नाम छनोट गर्न प्रदेश इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङलाई जिम्मेवारी दिने निर्णय समेत गरेको प्रदेश कमिटीले जनाएको छ ।
प्रदेश कमिटीले सिफारिस गरेका नाममध्ये आलोपालोमा मन्त्री बनाउने निर्णयसमेत गरेको छ । आचार्यलाई मन्त्री बनाउन प्रचण्डले दबाब दिए पनि प्रदेश कमिटीले भने त्यसलाई अस्वीकार गरेको छ ।
बिहीबार प्रदेशसभामा दुई वटा बैठक बस्यो । पहिलो बैठकले सभामुख छानेको थियो भने दोस्रो बैठक सभामुखले चलाएका थिए । पहिलो बैठकमा सहभागी भएका आचार्य प्रदेशबाट मन्त्रीको प्राथमिकतामा नपरेपछि उनी बैठकमा गएनन् ।
केन्द्रसँगको समन्वय गरेर राति सम्ममा मन्त्रीमा जानेहरूको नाम टुसो लगाने संसदीय दलका नेता इन्द्र बहादुर आङबोले बताए । 'केन्द्रमा पनि सबै प्रदेशमा आलापालो मुख्यमन्त्री हुने भन्ने निर्णय गर्छौं भनेर नेतृत्वले भनेपछि हामी सरकारमा जाने तयारीमा जुटेका हौँ,' आङबोले भने, 'सबैको भावनाअनुसार निर्णय गर्छौं ।'
एमालेले २ वटा मन्त्रालय माओवादीलाई दिन तयार देखिएको छ भने माओवादी भने तीन वटा मन्त्रालय पाउनुपर्ने अडान लिइरहेको छ । पहिलो चरणमा दुई जनालाई मात्रै मन्त्री बनाउने र थप एक जनालाई पछि मन्त्रालयको टुंगो भएपछि सरकारमा पठाउने तयारीमा माओवादी छ ।
माओवादीले साबिक ३ प्रदेश कोचिला, किरात र लिम्बुवानबाट एक-एक जना मन्त्री बनाउने तयारी गरेको छ । कोचिलामा सुशील उप्रेती र जीवन आचार्य रहेका छन् भने लिम्बुवानमा दुर्गा प्रसाद चापागाईँ सचिनको एकल नाम रहेको छ । किरातबाट भने ४ जनाको नाम रहेको छ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सद...
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल &...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २–४ ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...