भदौ ८, २०८०
कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीवार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया ग...
माघ १, २०७९
पोखरा महानगर पालिका वडा नम्बर ७ घारीपाटनकी गंगा मरासिनी बराइली घरमा कपडा धोइरहेकी थिइन्, त्यति बेला अचानक उनको घरसँगै टासिएर प्लेन सेती खोलाको खोंचमा झर्यो।
उनका छोराछोरीहरू भने घरमा टीभी हेरिरहेका थिए। त्यही बेला आइतबार बिहान करिब ११ बजेको समयमा यती एयरलाइन्सको विमान अचानक सेती खोंचको भित्तामा ढ्वाङ गरी बजारियो।
७२ जना सवार विमान दुर्घटना भएको स्थानदेखि ७० मिटर दूरीमा मात्र उनको घर छ।
'एकाएक ठूलो आवाजसहित प्लेन ढ्वाङ झर्यो। के भयो भयो हेर्न खोजेको, ठूलो आगोको मुस्लो आउन थाल्यो,' उनले लोकान्तरसँग भनिन्, 'बाहिर हेर्दा आगोको मुस्लो देखेपछि म त ठूलो आवाजमा चिच्याउन थालेँ।'
प्लेन उनकै घरछेउमा खसेपछि उनले हत्त न पत्त प्रहरीको १ सय नम्बरमा फोन पनि गरिन् तर फोन भने लागेन।
'मैले सय नम्बरमा फोन पनि गरें तर फोन लाग्दै लागेन,' उनले थपिन्,'पछि ५ देखि १० मिनेटमै प्रहरीहरूको टोली उद्धार गर्न त्यहाँ आइपुग्यो।'
आफ्नो घरको ५ फिटजति मात्र उचाइबाट प्लेन खसेको उनले सुनाइन्। 'पाइलटले बस्ती जोगाउन नै सेतीको खोँचमा लगेर खसालेको हुनुपर्छ,' उनले भनिन्, 'घटनापछि धेरैले हाम्रो घर र हामी परिवारका सदस्यहरू भाग्यले बाँच्यौं भनेर पनि भनिरहेका छन्।'
अझ आज चाडपर्व मकर संक्रान्तिको दिन भएकाले उनको नन्द, भान्जाभान्जी पनि आएका थिए। उनका श्रीमान्, छोरा-छोरी, सासु-ससुरा सहित ७ जना आज घरमा थिए।'अलिकति पनि यताउति हुँदो हो त हामी सपरिवारको ज्यान जान सक्थ्यो,' डरमिश्रित भावमा उनले भनिन्।
उनीजस्तै कल्पना सुनार पनि भाग्यले नै बाँचेको बताउँछिन्। उनले आफ्नै घर पछाडिकै बाँसघारीमा जहाज ठोक्किएको बताइन्। 'म घरबाहिर कपडा धुइरहेकै बेला एकाएक मेरो घरकै माथिबाट प्लेन घोप्टो पर्दै आयो,' उनले भनिन्, 'के भयो भन्दै हल्ला के गरेकी थिएँ, मेरै घर पछाडिको बाँस घारीमा प्लेन ढ्वाङ बज्रियो।'
एकैछिनमा जताततै आगो, धुँवा भयो। 'के गर्ने नगर्ने सोच्न थालें, फेरि आफ्नै बच्चा कता गए भन्नेतिर ध्यान गयो,' उनले थपिन्,'बच्चालाई थुनेर बाहिर जाने कुरा पनि भएन।' एकदमै डरलाग्दो स्थिति बनेको उनले सम्झिइन्। 'भाग्यले हामी बाँच्यौं, नत्र हाम्रो घरमै प्लेन बज्रिन्थ्यो,' उनले भनिन्,'केही समय त डरले के गर्ने नगर्ने भन्ने अन्योल नै भयो।'
एकैछिनमा पुलिस आएर तत्काल उद्धार गर्ने काममा लागेको उनले बताइन्।
त्यही घरकै छेउकी जमुना बस्नेत पनि भाग्यले नै बाँचेको बताउँछिन्। काँखमा बच्चासहित घरमा बसिरहेकी बेला प्लेन खसेपछि उनी बच्चालाई बोकेरै बाहिर आइन्। 'बाहिर आउँदा बाँसघारीमा आगो लागेको, सेती खोंचको भीरमा आगोको ठूलो मुस्लो देखें,' उनले भनिन्,'डरलाग्दो दृश्य देखेर म त जोर जोरले रुनै लागें।'
घटनास्थल उनीहरूको घरबाट ७० मिटरजति दूरीमा मात्र छ। अलिकति पनि प्लेन पहिले खसेको भए ती घरहरूमा नै जहाज खस्ने अवस्था हुन्थ्यो। त्यसो भएको भए थप मानवीय क्षति हुन सक्थ्यो।
घटनास्थलभन्दा ८ सय मिटरको दूरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ भने ५ सय मिटरको दूरीमा आन्तरिक विमानस्थल छ।
आइतबार भएको उक्त विमान दुर्घटनामा परी ६८ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको अवस्था अज्ञात छ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनुभन्दा २ मिनेट पहिले दुर्घटनाग्रस्त भएको थियो।
कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीवार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया ग...
दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा बुधवार राति शुभकामना दिँदै उनले...
रामेछाप । रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...