२६ जेठ २०८३, मंगलबार

मदतादा नामावली दर्ता अभियान आजबाट पुनः शुरु

मदतादा नामावली दर्ता अभियान आजबाट पुनः शुरु

निर्वाचन आयोगले आज मंगलबारदेखि मतदाता नामावली दर्ता अभियान पुनः शुरु गर्दैैछ । यसअघि माघ २ गतेदेखि नै मतदाता सूचिकरण प्रारम्भ गर्ने जनाएको आयोगले सोमबार राष्ट्रिय शोक दिवस परेकाले आज मंगलबारदेखि दर्ता प्रक्रिया शुरु गर्न थालेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देशभरी ७७ जिल्लामा अनलाइन प्रक्रिया अनुसार आजदेखि मतदाता सूची दर्ताको काम प्रारम्भ हुँदैछ । उमेर पुगेका र यसअघि सूचीकृत हुन छुटेका नेपाली नागरिकले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् । 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै उपत्यकासहित मुलुकका सात जिल्लामा अनलाइन मार्फत् नाम दर्ता प्रक्रिया शुरु गरिसकेको थियो । आजदेखि प्रक्रिया पूरा गरेर मोबाइलबाटै नाम सूचीकृत गर्न सकिने आयोगले जनाएको छ ।

यसरी दर्ता गरेका व्यक्तिले पछि बायोमेट्रिकका लागि भने सम्बन्धित जिल्ला निर्वाचन आयोगको कार्यालयमा उपस्थित हुनुपर्ने छ । नाम दर्ता प्रक्रियासँगै नामावली स्थानान्तरणको काम पनि सँगसँगै शुरु हुने सहायक प्रवक्ता अर्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्