×

NMB BANK
NIC ASIA

गजल ‘के लत बस्यो मलाई...’, जसले पाइरहेछ प्रशंसा

माघ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

Sagarmatha Cement
Muktinath Bank

यी पाँच दिनअघि सार्वजनिक गजल ‘के लत बस्यो’का शब्दलहर हुन्, जुन गजलको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गजलको खुलेर प्रशंसा गर्दै स्रोता/दर्शकहरुले आफ्नो फेसबुकमा शेयर गरेका छन् । स्रोता दर्शकहरुले लिप्सिन दिँदै टिकटक भिडियो​ बनाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

युट्युबमा पनि मंगलबार दिउँसोसम्म २ लाख बढीभ्युज पाइसकेको छ गजलले । 

Vianet communication
Laxmi Bank

यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् । तिलक सिंह पेलाको संगीत र स्वर गजलमा सुन्न सकिन्छ । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् ।  रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो । 

चर्चित कलाकारहरुले समेत गजलको खुलेर प्रशंसा गर्दै फेसबुकमा शेयर गरिरहेका छन् ।

चर्चित हास्य कलाकार मनोज गजुरेलले यस गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भनेका छन् । 

‘बजारमा हजार गजल आउँछन् तर सय/पचासमात्र चर्चित हुन्छन् । ‘नचर्चित’ जति सबै ‘नसुन्नलायक’ हुँदैनन् । केहीले मष्तिष्क छुन्छन् । केहीले मन बहलाउँछन् । अनि केहीले हृदय छुन्छन्’ उनले भनेका छन् ‘यो एउटा त्यस्तो गजल हो जसले मन, मष्तिष्क र हृदय एकपटक ‘अल्हादित’ गराउँछ ।’

चर्चित गायक शिव परियारले ‘उत्कृष्ट सांगीतिक सिर्जना’ उल्लेखसहित गजलको भिडियो आफ्नो फेसबुक वालमा शेयर गर्दै सर्जक एवं गायकलाई बधाई दिएका छन् । 

लेखक प्रदीप रोदनले यस गजल जति सुन्दा पनि धीत नमरेको उल्लेख गरेका छन् ।

‘जति सुन्दा पनि धीत मरेन, वाह साधना’ उनले फेसबुकमा गजल शेयर गर्दै लेखेका छन् । 

भिडियो निर्देशक रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘निन्द्रा लगाउने  कि हराउने ? मन शान्त गराउने कि बेचैन गराउने ?  गीत(गजल) आएछ ।  सम्मान सर्जक,गायक अनि टिम । नोट : कतिचोटी सुनेसी धीत मर्ने हो थाहा छैन मलाई ।’

साथी रहेछ दुःख हर पल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ

सञ्चारकर्मी राधिका अधिकारी उक्त शब्द लहरसहित आफ्नो फेसबुक वालमा गजलको भिडियो शेयर गर्दै अगाडि लेख्छिन्, ‘कति पटक सुने, सुन्दा सुन्दै कति पटक पग्लिएर बहें, कति पटक सुनेपछि धीत मर्छ थाहा छैन । यस्तै बेहिसावसँग मनमा बसिदिनेहरुले मन यसै बैचैन बनाई जान्छन् । म उनीहरूलाई नै सम्झँदै यो गीत सुनिरहेछु ।’ 

युट्युबमा आएका अधिकांश प्रतिक्रियाहरूमा गजलको खुलेर प्रशंसा गरिएको छ । कतिपयले पछिल्लो समय बजार भाइरलको पछि लाग्दा क्षमतावान गायक एवं सर्जक पछाडि परेको टिप्पणी समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x