×

Nic Asia
Dabur
Prabhu Bank

अनि चर्चित भयो तिलकसिंह पेलाको गजल ‘के लत बस्यो...’

काठमाडाैं | माघ ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

एक साताअघि युट्युबबाट सार्वजनिक भएको गजल गीत हो, ‘के लत बस्यो...’ ।

yONNEX
IME BANK INNEWS

२० हजार पनि सब्सक्राइबर नभएको युट्युब च्यानलमा सार्वजनिक गजलको सुरुवाती भ्युज निकै कम थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शास्त्रीय सङ्गीतमा तयार गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।

शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई सेयर गरे । हजारौंले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा समेत निकै राम्रो भ्युज पाउँदै गयो । 


Advertisment
Lokantar App
Saurya island

मंगलबार दिउँसोसम्म झन्डै २ लाख रहेको भिडियोको भ्युज बिहीवार दिउँसोसम्म ८ लाख पुगिसकेको छ ।

युट्युबमा ७ हजार बढी प्रतिक्रियाहरू छन्, ति सबैमा गजलको खुलेर तारिफ गरिएको छ । 

Vianet communication

यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् । तिलक सिंह पेलाले गजलमा संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै कुनै तामझामबीना भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो ।

अहिले भाइरल गीतको लहरमा यस गजलले चौतर्फी चर्चा पाएको हो ।

सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

नेपाली फिल्म र म्युजिक भिडियोकी लोकप्रिय अभिनेत्री आँचल शर्माले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सन १९९८ मार्चमा काठमाडौंमा जन्मिएकी आँचल आजबाट २६ वर्षमा लागेकी छन् । ७ वर्षअघि प्रदर्शनमा आएको ‘नाई न...

चैत ५, २०७९

अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।  यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई...

चैत ५, २०७९

आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’मा युट्युबमा अझै ट्रेन्डिङ नम्बर वानमा छ ।  शंकर अधिकारी ‘घायल’को शब्द, बाबुल गिरीक...

चैत ५, २०७९

एकै दिनबाट प्रदर्शनमा आएकामध्ये अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ केही दिनमै हलबाट उत्रिँदा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ । ...

चैत ५, २०७९

डेढ वर्षअघि सार्वजनिक गीत हो, ‘धोकेबाज हौ तिमी’ । सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत, विशाल निरौलाको एरेन्जमा पहिले यो गीत गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भयो ।  त्यसको तीन म...

चैत ५, २०७९

गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो । अस्ट्रेलिया...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x