×

NMB BANK
NIC ASIA

मोरङमा वैदेशिक रोजगारीको बहानामा मोटो रकम असुल्ने गिरोह नै सक्रिय

एकै जनासँग धेरै ठगिए

माघ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मोटो रकम लिएर एजेन्ट फरार भएपछि युवाको विचल्ली भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

युवालाई जापान पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएपछि महँगोमा ब्याजमा पैसा लिएका युवा विचल्लीमा परेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनवर्षी नगरपालिका-३ मदन कुमार राजवंशीलाई जापान पठाइदिने भन्दै अजय राजवंशीले १६ लाख लिएका थिए ।


Advertisment
Nabil box
Kumari

मासिक २ लाख कमाइ हुने आश्वासन दिएर अजयले मोटो रकम लिएका मदन बताउँछन्। उनीहरू दुवै साथीसाथी हुन् ।

Vianet communication
Laxmi Bank

मदन विराटनगरको एक निजी विद्यालयमा पढाउने गर्छन् । साथी अजयले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने सुनाएपछि उनले पनि जापान जाने निधो गरेका थिए ।

काम पनि राम्रो लगाइदिने भनेपछि उनी उत्साहित भएका थिए । मेनेजर पदमा जापान जाँदा १६ लाख रुपैयाँ लाग्ने अजयले सुनाएपछि मदनले रकम जोहो गर्न थाले ।

निजी विद्यालयमा पढाउँदा खान लाउनसमेत धौधौ पर्ने मदनले ऋण काढेर दुई पटक गरेर त्यति रुपैयाँ बुझाएका थिए । 

अजयले फिरोद कार्कीको नाममा पैसा पठाउन भनेपछि पहिलो पटक गत वैशाखमा ५ लाख र भदौमा ११ लाख बुझाएका थिए ।

दोस्रो पटक भने उनले रञ्जिता कुमारी राजवंशीको नाममा पठाएका थिए । रञ्जिता र अजय दाजुभाइ हुन् ।

तर अजयले भने अहिलेसम्म उनलाई जापान पठाएका छैनन् । पटक पटक पठाउँछु भन्दै टार्ने गरेको पीडित मदनले विराटनगरमा पत्रकार सम्मेलन गरेर बताए ।

उनलाई भिसा दिए पनि नक्कली भएको मदनको आरोप छ। यसरी ठगिनेमा मदन मात्रै होइन । मोरङ कटहरी विवेक राजवंशी पनि छन् ।

मदन र विवेकेलाई वैदेशिक रोजगारीमा भन्दै ठग्ने एउटै व्यक्ति हुन् ।  मासिक चार लाख रुपैयाँ कमाइ हुने आश्वासनमा १८ लाख अजयलाई बुझाएका विवेक यति बेला भने न्यायमा खोजीमा छन् ।

उनले चार पटकमा १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । फरक फरक व्यक्तिको बैंक खातामा उनले मागेजति पैसा पठाइदिएको अजयले बताए ।

दुवै जनाले पैसा पठाएको बैंक भौचर भने सुरक्षित राखेको जनाएका छन् । विदेश पठाउने भनेर रकम लिएका अजय यतिबेला भने सम्पर्कविहीन भएका उनीहरूले बताएका छन् ।

जापान जान पाउने आशमा धेरैले घरजग्गा बन्धकी राखेर महँगो ब्याजमा रकम लिएका छन् ।

झापा कनकाई–१ क भवानी प्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए। ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने भन्ने चिन्तामा यतिबेला उनी छन्।

मदन, अजय र भवानी वैदेशिक रोजगारमा नाममा ठगिएका प्रतिनिधि पात्र हुन् ।

ठगिएका ४१ जनाले गरे पत्रकार सम्मेलन

बिहीबार विराटनगरमा जापान पठाउने नाममा ठगिएका ४१ जना युवाले पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताएका छन् ।

मोरङका ४० र झापा एक जना गरी ४१ जना युवालाई वैदेशिक रोजगारको नाममा ठगेर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् ।

उनीहरूले ४१ जनाको ३ करोड रुपैयाँभन्दा बढी रकम लिएर भागेका हुन्।

पीडितहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।

चितवनका राजेन्द्र,  मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेका पीडितहरूले बताएका छन् ।

राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरूलाई ठगी गरेका हुन् ।

मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका रहेका छन् ।

मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएका उनीहरूको दाबी छ ।

अजयसहित उनका भाइ बुहारी रन्जित–अनुराधा र बहिनी विद्या पनि फरार छन् ।

उनीहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका थिए ।

विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ ।

वैदेशिक रोजगारको क्रममा ठगिएका युवाले विभिन्न निकायहरू जाँदा पनि न्याय नपाएको गुनासो गरेका छन्।

मोरङमा एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही गर्नेसमेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x