×

Dabur
MG

मर्यादाक्रम र तलब सच्याउन न्यायाधीशहरूको माग, नत्र पुरानै तलब लिने चेतावनी

माघ ६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

न्याधाधीश समाज नेपालले न्यायाधीशहरूको पारिश्रमिक र सुविधा  बढाउन सरकारसमक्ष माग गरेका छन्।

yONNEX
Sagarmatha Cement

अदालत स्वतन्त्र न्यायपालिकाको एक महत्वपूर्ण तत्व भएकाले यसलाई कार्यपालिकाको स्वेच्छाचारिताको अधीनमा नराखी प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा बढाउन माग गरिएको समाजले आज विज्ञप्ति जारी गरी बताएका छन्।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

न्यायाधीशरूले प्रत्येक तीन वर्षमा न्यायाधीशहरूको पारिश्रमिकमा पुनरवलोकन गर्नेछ भन्ने बाध्यात्मक कानुनी कर्तव्य तोकेकोमा त्यसलाई सरकारले निरन्तर बेवास्ता गरेको आरोप लगाएका छन्।


Advertisment
Kumari
Saurya island
Pardeshi

कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि भएको वर्ष सर्वोच्च अदालतसँग सामान्य परामर्शसम्म पनि नगरी सरकारले स्वेच्छाचारी र अमर्यादित रुपमा न्यायाधीशहरूको पारिश्रमिकमा समेत केही अंक मात्र बढाएको उनीहरूको गुनासो छ।

Vianet communication
Laxmi Bank

न्यायाधीशहरूको पारिश्रमिक र सुविधा निर्धारण गर्न र समयानुकूल पुनरावलोकन गर्न अलग्गै न्यायिक तलब सुविधा आयोग पनि गठन गर्न उनीहरूले माग गरेका छन्।

आर्थिक वर्ष २०७३/०७४ देखि अनुचित र बदनियतपूर्वक कायम गरिएको उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको तलबमान सच्याउन समाजले सर्वोच्च अदालतको पूर्ण बैठकबाट पटक-पटक माग गरे पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बेवास्ता गरेको उनीहरूको ठहर छ।

यस वर्षको गत साउन ६ गते बसेको यस समाजको प्रबन्ध समितिको बैठकको निर्णयबाट न्यायाधीशहरूको मर्यादाक्रम र तलबमानमा रहेको त्रुटि परिमार्जन गर्न पनि कानुनमन्त्रीसमक्ष सुझाव लेखि पठाइएको उनीहरूले स्मरण गराए।

उनीहरूले तत्कालीन कानुन मन्त्रीहरू श्री गोबिन्द प्रसाद शर्मा र श्री ज्ञानेन्द्र बहादुर कार्कीलाई समाजका पदाधिकारीहरूले भेटी उक्त लिखित सुझाव नै हस्तान्तरण गरिएको बताएका छन्।

न्यायाधीशहरूको तलबमानसम्बन्धी गएको माघ ५ गते राजपत्रमा प्रकाशित निर्णय स्वेच्छाचारी र आपत्तिजनक भएकाले नसच्चिए २०७९ माघ ५ गतेअघिकै पारिश्रमिक र सुविधा मात्र लिने उनीहरूले चेतावनीसमेत दिएका छन्।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस

असोज १२, २०८०

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल जित नजिक पुगेका छन् । कुल ११३५ मतमध्ये ८५० मत गणना हुँदा उनले फराकिलो अग्रता बनाएका हुन् ।  पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ढुङ्गेल...

असोज १३, २०८०

चर्चित अमेरिकन रेष्टुरेन्ट ब्रान्ड 'केन्नी रोजर्स रोस्टर्स' (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको भीआईपी व्यापारिक क्षेत्रका रूपमा परिचित दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटल...

असोज १३, २०८०

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...

असोज १३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।  अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x