माघ १७, २०७९
झापा प्रहरी कार्यालयको गस्ती टोलीले बीस हजार रुपैयाँ बरावरको अवैध सुपारी नियन्त्रणमा लिएको छ । सतिघट्टाबाट खटेको प्रहरी टोलीले मंगलबार सो सुपारी नियन्त्रणमा लिएको जनाएको छ । झापा प्रहरी कार्यालयका सू...
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ ।
१३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
मृतक दुवै एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए ।
गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए।
अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए।
भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ ।
विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवैको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशवण्डा पछि अलगअलग भएका थिए ।
शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरूले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाको रहेको बताए।
झापा प्रहरी कार्यालयको गस्ती टोलीले बीस हजार रुपैयाँ बरावरको अवैध सुपारी नियन्त्रणमा लिएको छ । सतिघट्टाबाट खटेको प्रहरी टोलीले मंगलबार सो सुपारी नियन्त्रणमा लिएको जनाएको छ । झापा प्रहरी कार्यालयका सू...
आफ्नै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका –६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भए...
बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका –३२ कोटेश्व...
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल ...
सिरहा मिर्चैया नगरपालिका –११ सीतापुर बस्ने विपिनकुमार साहको घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । स.४ प ८९७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनुषा मिथिल...
श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी बाँके कोहलपुर नगरपालिका–२ की गंगा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...