चैत ५, २०७९
चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ । वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो । चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिने...
डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो...’ले युट्युबमा २ मिलियन प्लस भ्युज पाएको छ ।
सार्वजनिक भएको ९ दिनमा आइतवार दिउँसोसम्म भिडियोले २० लाख बढी भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो । गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।
थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गयो ।
डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् ।
कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै छायाँकन गरेर गजल सार्वजनिक गरिएको थियो ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ ।
तामझामबीना तयार गरिएको ‘के लत बस्यो...’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् । उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् ।
चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ । वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो । चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिने...
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ले १५ दिने वर्कसप सम्पन्न गरेको छ । निर्देशक लामाका अनुसार फिल्मको निर्देशन टिम, प्रोडक्श...
अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् । यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई...
चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा स...
एकै दिनबाट प्रदर्शनमा आएकामध्ये अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ केही दिनमै हलबाट उत्रिँदा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ । ...
कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार सम्पन्न १९औं साधारण सभामा उनी कूल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...