माघ १८, २०७९
सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक आज बुधबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने पदाधिकारी बैठकपछि लगत्तै स्थायी समित...
नेपाली सेनाका सहायक रथी (जर्नेल) प्रेम शाही सैनिक हिरासतमा छन् ।
अवकाश थमाइएका जर्नेल शाहीलाई सेनाले आर्थिक अनियमितताको आरोपमा छानबिनका लागि भन्दै २० दिनदेखि नियन्त्रणमा राखेको हो ।
अहिले आम चासो छ, ‘सैनिक हिरासतमा रहेका उनको अवस्था कस्तो छ ?
नेपाली सेनका प्रवक्ता सहायक रथी कृष्ण भण्डारी उनीमाथि छानबिन भइरहेको बताउँछन् ।
‘उहाँ (शाही) माथि छानबिन भइरहेको छ । छानबिन नसकिएकाले उहाँ हाम्रो नियन्त्रणमै हुनुहुन्छ,’ प्रवक्ता भण्डारीले भने ।
छानबिनकै क्रममा रहेकाले अहिले शाहीले आफ्नो कानूनी बचाउ गर्न पाएका छैनन् । छानबिन सकिएर मुद्दा प्रक्रियामा जाँदा कानून व्यवसायी राख्न पाउने प्रवक्ता भण्डारी बताउँछन् ।
‘अहिले छानबिनमा भएकाले कानून व्यवसायी राख्न पाउनुहुन्न, तर पछि भने सैनिक ऐनले पनि कानून व्यवसायी राख्न पाउने अधिकार दिएको छ,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने ।
तर, सामान्य प्रचलनमा भने सेनामा ‘कोर्ट अफ इन्क्वायरी’मा परेका कर्मचारीले कानून व्यवसायी राख्न पाउने गरेका छैनन् ।
पुस २० मा अवकाशमा जान लागेका शाहीले पुस ७ मा मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दाको अन्तिम फैसलामा पनि सोही आधारमा आएमा उनले थप १ वर्ष जागिर खान पाउने थिए ।
सर्वोच्चको आदेशसहितको पत्र लिएर जङ्गी अड्डा पुगेका शाहीलाई सेनाले नियन्त्रणमा लिएको थियो । उजुरी परेकाले छानबिनका लागि नियन्त्रणमा लिइएको सेनाले जनाएको थियो ।
सेनाले आफ्नो अभिलेखमा २०२२ पुस २० गते जन्म मिति उल्लेख रहेको भन्दै जर्नेल शाहीलाई अवकाशको पत्र थमाएको थियो । सोही पत्रविरुद्ध शाही सर्वोच्च गएका थिए ।
शाहीलाई फौजमा शक्तिको दुरुपयोग गरेर आफ्नाविरोधी सैन्य अधिकारीहरूप्रति पूर्वाग्रह राखेको आरोप समेत सेनाले लगाएको छ ।
अनुसन्धानका लागि भन्दै सेनाले पुस २१ मा बूढानीलकण्ठ नगरपालिका– २, भंगालमा रहको शाहीको घरमा छापा समेत मारेको थियो ।
सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक आज बुधबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने पदाधिकारी बैठकपछि लगत्तै स्थायी समित...
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ । हिजो सोमबारदेखि शुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। ...
सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुईपाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा ट...
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चाल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सभापति रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...