×

NMB BANK
NIC ASIA

प्रतिष्ठानद्वारा साहित्यकार गौतमसहित व्यक्तित्व सम्मानित

माघ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्यतीथिको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी कबिर राणाकी आमाको स्मृतिमा गतवर्ष स्थापना भएको मीनकुमारी राणा प्रतिष्ठानले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा आज विभिन्न विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।

Muktinath Bank

भक्तपुरको राधे–राधेमा भएको कार्यक्रममा साहित्य विधातर्फ प्रा.डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिएको छ । यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्युदो शहीद माथवरसिंह बस्नेत, पत्रकारिताको माध्यमबाट सशक्त भूमिका खेलेका वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली खेलकुदमा योगदान गरेका वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मीनकुमारी राणाले दिक्षा लिएको बैंकटेश्वर बैंकेटश्वर मन्दिरले सञ्चालन गरेको संस्कृत पाठसाला र उनका छोरा छोरीले अध्ययन गरेको आदर्श माध्यामिक विद्यालय (डीएमपीए) विद्यालयलाई पनि छात्रबृत्ति प्रदान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलगायतका व्यक्तिहरुलाई सम्मानित गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । आफूले सबैलाई सम्मान गर्ने व्यक्तिहरुलाई नै पुरस्कार दिएको प्रतिष्ठानले राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

Vianet communication
Laxmi Bank

सम्मानित व्यक्तित्व हरिहर विरहीले पुरस्कार ग्रहण गर्न पाउँदा आफू खुसी भएको बताए । अहिले नेपाली राजनीति मूल्य मान्यताभन्दा बाहिर गएको तर्फ इंगित गर्दै विगतमा मीनकुमारीले खेलेको भूमिकालाई सम्झिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

यसैगरी प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतले आफू राजनीतिमा लाग्दा सम्मान पाउनका लागि नभई व्यवस्था परिवर्तन गर्ने उद्देश्य लिएर हिडेको बताए । तर प्रतिष्ठानले आफ्नो मूल्यांकन गरेकोमा खुसी व्यक्त गरे ।

साहित्यकार डा. ध्रुवचन्द्र गौतमले साहित्यले समाजलाई चिनाउने काम गरेको बताउँदै सम्मानले आफूलाई खुसी भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले मीनकुमारी प्रतिष्ठानले गरेको कामले आफू पनि उत्साहित भएको बताए ।

आमाको नाम राख्नका लागि छोराछोरीले गर्ने कर्तव्य पूरा गरेको उनको भनाइ छ । भक्तपुरका डीएमपीएस विद्यालय पढ्दाको क्षणको उनले स्मरण गरेका थिए । कार्यक्रममा भक्तपुर कांग्रेस सभापति तथा सांसद दुर्लभ थापाले कबिर राणा र रबि राणाका साथै परिवारसँगको आत्मियताका विषयमा कुरा गर्दै सधैंभरी साथ दिने मीनकुमारीबाट धेरै कुरा आफूले ग्रहण गरेको बताए । 

कांग्रेसका युवा नेता तथा देशान्तर मिडिया ग्रुपका प्रधानसम्पादक एवं मीनकुमारीका माहिला छोरा कबिर राणाले आमाको नाममा यति काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आमाको नाम चीरकालसम्म राख्नका लागि आफू र आफ्नो सम्पूर्ण परिवार सधैं क्रियाशील रहेने प्रतिवद्धता जनाए । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय निर्माणका लागि १ लाख ५ हजार सहयोग गर्ने घोषणा गरे । 

मीनकुमारीको गत वर्ष निधन भएको थियो । उनको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानमा कोमलविक्रम राणा संरक्षक रहेका छन् । कबिर राणा अध्यक्ष छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x