×

NMB BANK
NIC ASIA

अदुवाको बीउ किन्दा गडबडी देखिएपछि पूर्व मेयरविरुद्ध अख्तियारले गर्‍यो आरोपपत्र दायर

माघ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका निवर्तमान मेयर भुपराज अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

Muktinath Bank

अदुवाको बीउ खरिद गर्दा गडबडी देखिएपछि अख्तियारले तत्कालीन नगर प्रमुख (मेयर) भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि, तीनकुने, काठमाडौंका प्रतिनिधिसमेत ६ जना र प्रालिउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘जिल्ला स्याङ्जा, गल्याङ नगरपालिकाबाट भएको अदुवाको बीउ खरिदको लागत अनुमान प्रचलित कानूनबमोजिम भए गरेको नदेखिएको, बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वाभाविक रूपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई रु.१३,००,०००।– थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (घ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले तत्कालीन नगर प्रमुख भुपराज अधिकारीलाई रु. १३,००,०००।–  (तेह्र लाख रुपैयाँ) बिगो कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर हुनसमेत मागदावी लिइएको छ ।’


Advertisment
Nabil box
Kumari

गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेसनमा उल्लिखित कागजातहरूको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक–पटक २ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएकाले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले निजहरूलाई पटक–पटक गरी भुक्तानी भएको परिमाणलाई प्रति किलोग्रामका दरले (नगर प्रमुख भुपराज अधिकारीको तोकबाट बढी भुक्तानी भएकाले सो कट्टा गरी हुन आउने प्रति किलोग्रामको रकम) हुन आउने कूल रकम २ करोड १ लाख ५० हजार रुपैयाँमा अग्रीम आय करबापत कट्टा गरिएको ३ लाख ७९ हजार ५०१ रुपैयाँ घटाई कायम हुने १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ बिगो कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूलउपर हुन समेत मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

विज्ञप्तिमा उल्लेख छ, ‘अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने, काठमाडौं र प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिवप्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेसिफिकेसन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने, काठमाडौं र प्रालिका अख्तियारप्राप्त प्रतिनिधि शिवप्रसाद न्यौपानेलाई अग्रीम आय करबापत कट्टा गरिएको घटाई कायम हुने रु.२,१०,७०,४९९।– (दुई करोड दश लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ) बिगो कायम गरी ऐ.ऐ ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत गर्न मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x