माघ १८, २०७९
दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्रामसह...
अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्बन्धी सम्पूर्ण जानकारी धनुषा प्रहरीलाई गराएको तर आइतबार प्रहरीले आफूहरू विरुद्व अभिव्यक्ति दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
मृतक परिवारले आफूहरूविरुद्ध कल रेकर्ड र डिटेल समयमै जानकारी नगराएको भनी प्रहरीले सञ्चार माध्यममा अभिव्यक्ति दिएपछि उनीहरू आक्रोशित भएका हुन् । प्रहरीले समयमै ध्यान र सक्रियता देखाउन नसक्दा आफूहरूको आफन्त अपहरणकारीले हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । जनकपुरधाम ढल्केवर मुख्य सडक खण्डको पिडारी चोकमा यातायात अवरुद्व गर्दै गृहमन्त्रीविरुद्व नाराबाजी गरिएको थियो ।
युवाको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णुको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो । दुई साता अघि दुवै भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए ।
त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दवै जनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी रु ५० लाख फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी पनि भएका थिए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो ।
गत मङ्गलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारीपश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको बताए ।
दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्रामसह...
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् । ...
आफ्नै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका –६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भए...
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल ...
बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका –३२ कोटेश्व...
सिन्धुलीमा घर चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तीनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्र...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...