कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुपर्यो ।
महाकाली नदी पारीको टापु दोधाराचाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (डुंगा) मा ओहोरदोहोर गर्नुपर्ने २ विकल्प स्थानीयवासीमा थिए । दोधाराचाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन् ।
विक्रम संवत् २०३५ सालदेखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएबापत पारिश्रमिक २० रुपैयाँ लिएर काम गरेको विगत सुनाए ।
‘वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे,’ उनले भने, ‘त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो ।’ उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिकरूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए ।
‘वर्षात् उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट घटेन,’ उनले भने, ‘त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।’ तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधाराचाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुल लगायतका संरचना निर्माणले समस्याबाट टाढा छ ।
‘ओदाली (भीमदत्त नगरपालिकातर्फ) बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थें,’ सिंहले भने, ‘किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो ।’ उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी २ वटा किस्ती चल्थे । किस्ती चलाउन आफूसहित ४ जनाको टोली हुने गरेको उनले बताए ।
‘प्रतिव्यक्ति महाकाली तारेको ५ रुपैयाँ भाडा थियो,’ उनले भने, ‘सहयोगीसहित ४ जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ ।’
उनले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए । ‘यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो,’ उनले भने, ‘झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो ।’
हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधाराचाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक स्मृद्धिको ढोकामा छन् ।
यहाँ ४ लेनको पक्की मोटरेबल पुलदेखि दोधाराचाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ । किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा ४/५ हजार रुपैयाँमा वार्षिक ठेक्का हुँदै शुरू भए पनि पछि गरेर एक/डेढ लाखसम्म रकम वार्षिकरूपमा संकलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ ।
‘वर्षात्मा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि,’ उनले भने, ‘दोधाराचाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो ।’
दैनिक एकपटक मात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयलाई धेरै सहज भएको सिंहको भनाइ छ । ‘किस्तीमा पानी भरिँदा सफा गर्ने मात्रै २ जना हुन्थे,’ उनले भने, ‘महाकाली तार्न यहाँ २ वटा घाट बढी सञ्चालनमा थिए ।’
महाकाली नदीमा विक्रम संवत् २०५८ सालमा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधाराचाँदनी मूलधारसित जोडिन पुगेका थिए । पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा ४ लेनको पक्की पुलसँगै ६ लेनको पहुँचमार्ग बनेपछि दोधाराचाँदनीको स्वरूपमै परिर्वतन आएको छ । यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हँुदैछ ।
‘त्यो बेला साइकल नहुने दोधाराचाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्,’ उनले भने, ‘मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधाराचाँदनीले पनि हो ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...