२६ जेठ २०८३, मंगलबार

दाह्रीसँग जोडिएका केही रोचक तथ्य यस्ता छन्

कात्तिक २०, २०७४
दाह्रीसँग जोडिएका केही रोचक तथ्य यस्ता छन्

काठमाडौं— आजकल युवाहरूमा दाह्री पाल्ने चलन बढेको छ । यो फेशन स्टेटमेन्ट नै भएको छ । यहाँ हामी दाह्रीसँग जोडिएका केही रोचक तथ्यहरू प्रस्तुत गर्दैछौं ।


दाह्री पाल्न डर लाग्ने फोबियालाई पोगोनोफोबिया भनिन्छ । यस्तो फोबिया भएको मानिस दाह्री बढ्दै जाँदा आत्तिन थाल्छ, उसलाई पसिना आउँछ र उसको मुटुको ढुकढुकी बढ्छ ।

तपाईंलाई सुन्दा आश्चर्य लाग्ला तर दाह्रीको रौं प्रत्येक समयमा एकै तवरले बढ्दैन । राति नसुती काम गर्ने मानिसको दाह्री एकदम ढिलो बढ्छ ।

आजकल त नातेदारको मृत्यु हुँदा दाह्री र कपाल मुण्डन गराइन्छ । तर प्राचीन रोममा चाहिँ कसैको मृत्यु भएपछि दाह्री काट्न मनाही थियो, बरू दाह्री पाल्न लगाइन्थ्यो ।

दाह्रीले छालाको एलर्जी हुन दिँदैन । दाह्री नभएको अनुहारमा धूलो, माटो र प्रदूषणका कारण एलर्जी हुने सम्भावना बढ्छ ।

कुनै व्यक्तिले जिन्दगीभरि दाह्री काटेन भने उसको दाह्री २७.५ फीट लामो हुन सक्छ ।

नियमित दाह्री काट्ने मानिसले जिन्दगीको करीब ३३ सय ५० घन्टा काट्नैमा बिताउँछ ।

दाह्रीको फाइदा भनेको यसले हाम्रो अनुहारको छालालाई परावैजनी किरणहरूबाट बचाउँछ । यसअतिरिक्त दाह्री पाल्दा चाउरी पनि छोपिन्छ । भनेपछि दाह्री पाल्दा हाम्रो स्वास्थ्य पनि राम्रो हुने रहेछ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्