माघ १७, २०७९
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो । अखिल नेपाल...
सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरीयताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतीले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाए।
शुक्रले २०औं वरीयताका टंकबहादुर कार्कीलाई ५-४ ले हराए। शुक्रले क्वाटर्फाइनलमा १०औं वरीयताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीका रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरीयताका रामे मगरलाई २-१ ले माथ दिए।
दोस्रो वरीयताका भुवन नगरकोटीले भने १९औं वरीयताका सञ्जोक मोक्तानलाई २-१ ले हराए। उनले अब आठौं वरीयताका धनबहादुर थापासँग खेल्नेछन्।
धनले पहिलो चरणमा ११औं वरीयताका धरानका बलभद्र राईलाई ३-२ ले पराजित गरे।
यसैगरी तेस्रो वरीयताका जयराम श्रेष्ठले क्वाटरफाइनलमा पुग्ने क्रममा १७औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१अप) पराजित गरे।
उनले अब सातौं वरीयताका दिनेश प्रजापतिसँग खेल्नेछन्।
दिनेशले पनि अन्तिम होलमा १२औं वरीयताका सूर्यप्रसाद शर्मालाई पराजित गरे। अर्को खेलमा पाँचौ वरीयताका रवि खड्काले १५औं वरीयताका प्रदीप कुमार लामालाई २-१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे।
उनले १३औं वरीयताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३-१ ले माथ दिए।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्।
पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानका लागि हुने खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ।
बुधबार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरू हुनेछन्। बिहीबार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्।
सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रहेको छ।
विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन्। तेश्रो र चौथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्।
क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार नगद प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन्।
बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यु–२० टोली आज बंगलादेशको ढाका जाँदै छ । सो टोलीको मंगलवार नै बिदाई गरिएको थियो । अखिल नेपाल...
एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को पाचौँ दिनको सेमीफाइनल समीकरण पूरा भएको छ । विद्यालय हाताभित्र आयोजना भइरहेको प्रतियोगितामा बास्केटबलतर्फ १६ र फुटसलतर्फ १० टोलीको सहभागिता...
पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेभएको छ । ललितपुर टेबल टेनिस क्लवले आइतवार पत्रकार सम्मेलन गरी टेबल टेनिस प्रतियोगिता म...
नेपाल प्रहरी क्लबले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आज स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबल...
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने भएको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी...
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...