मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ ।
अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ ।
गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ ।
‘फलफूल खाने मान्छेमा रोग प्रतिरोधात्मक शक्ति धेरै हुने भएकाले चिसो याममा धेरै फलफूल खान सल्लाह दिन्छु, ’ रुटगर्स विश्वविद्यालय, अमेरिकाका डां एमि होवल बताउँछन् । फलफूलमा भएका अनेक तत्वले मुटुरोग र क्यान्सरसँग पनि लड्ने गर्दछ । यसर्थ, यो जाडोमा पर्याप्त झोलकुरा सहित यी पाँच फलफूल खान नछुटाउनुस् :
स्याउ:हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ । बच्नुस् रुघाखोकीबाट ।
मेवा: मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा ।
अंगुर : अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।
केरा: केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो । खानुस् केरा, बच्नुस सर्दीबाट ।
सखरखण्ड :सखरखण्ड भिटामीन एको महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं । - मेन्सहेल्थको सहयोगमा
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...