×

NMB BANK
NIC ASIA

खर्च कटौति गर्न आवश्यक छः अर्थमन्त्री पौडेल

माघ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

Muktinath Bank

मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै  सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री पौडेलले पारदर्शीता, इमान्दारिता, व्यवसायिक क्षमता दक्षताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने बताए । सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने पनि उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक संस्थानमा व्यावसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने उनले बताए । अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक, राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनैपनि राजनीतिक हस्तक्षेप नहुने उनले प्रष्ट पारे ।

Vianet communication
Laxmi Bank

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको बताए ।  सरकारले राजश्व परिचालन, पुँजीगत खर्च, बैंकहरुमा लगानीयोग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौति रहेको बताए । सरकारले माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता विकास गर्न, रोजगारी सिर्जना गर्न  र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बैंकको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ छ । सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध रहेको उनले बताए । 

मन्त्री पौडेलले अहिलेका अर्थतन्त्रको चुनौति सामना गर्न बैंकको सकारात्मक र रचनामत्मक भुमिका रहने अपेक्षा गरे । सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुन नहुने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x