चैत ११, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको नेतृत्व रहेका प्रदेश सरकारहरु धरापमा परेका छन् । ...
काठमाडाैं | माघ १२, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निकाय स्पष्ट खुवाइ सात दिनभित्र निवेदन पेस गर्न अनुरोध गरेको हो । बिहीबार नै सर्वोच्चका शाखा अधिकृत राजकुमार गुरुङको हस्ताक्षरमा मातहतका अदालतसँग पनि विवरण माग गरिएको छ ।
००००
सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ । सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच जना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए ।
००००
सरकारले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विनाअनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपश्चात् पनि सञ्चालनमा रहिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरेको छ।
यसैगरी सरकारले संसद् भवन अगाडि आगो लगाएर आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको घटनाको विषयलाई लिएर छानबिन गर्ने भएको छ।
मृतक आचार्यले उठाएका विषयमाथि पनि छानबिन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यस विषयमा बैठकमा निकैबेर छलफल भएको ती मन्त्रीले जानकारी दिए। साथै घटनाको अनुसन्धान गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेमप्रसाद आचार्यको मृत्युप्रति दुःख जनाएका छन्। सामाजिक सञ्जालमार्फत थापाले आचार्यको अन्तिम पत्रमा उल्लिखित विषय र प्रसंगले आफूलाई पटकपटक घोचिरहेको लेखेका छन्। विभिन्न दलका नेताहरुले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । मंगलबार संसद भवनअगाडि आचार्यले आत्मदाह गरेका थिए भने उनको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।
००००
यसैबीच आईसीयूमा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले देखाएको हर्कतप्रति आलोचना भएको छ । आत्मदाह गरेका आचार्यलाई भेट्न कार्की युट्युबरसहित आईसीर्यूमा पुगेकी थिइन् । प्रहरीले आचार्यलाई तत्काल उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याएको थियो । अस्पताल पुग्दा उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको चिकित्सकले बताएका छन् ।
उनी अस्पतालको आईसीयूमा रहँदा स्वास्थ्य राज्यमन्त्री डा कार्की त्यहाँ पुगेर बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
अस्पतालको आईसीयू निकै संवेदनशील क्षेत्र हो । बिरामीको अवस्था हेरी अनुमति लिएर तथा प्रोटोकल पूरा गरी आईसीयूमा छिर्न त पाइन्छ, तर त्यहाँ पुगेर गम्भीर अवस्थाको बिरामीसँग अनावश्यक कुराकानी गर्नु र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नु अक्षम्य अपराध भएको भन्दै आलोचना शुरू भएको हो ।
अझ गम्भीर कुरा त उनी अस्पताल प्रशासनसँग अनुमति समेत नलिई आईसीयूमा छिरेको पाइएको छ । मंगलवार साँझ करीब ६ बजेको समयमा अस्पताल प्रशासनका कर्मचारीहरू घर गइसकेका थिए । अस्पतालमा अत्यावश्यक सेवामा खटिएका चिकित्सक, नर्स र सुरक्षा गार्ड मात्र थिए ।
राज्यमन्त्री डा कार्की अगाडि–पछाडि सुरक्षा गार्ड लिएर विनाअनुमति आईसीयूमा छिरेको पाइएको अस्पतालका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन जारी गरेको छ। असुरक्षित ओसारपसार तथा घर पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सीधै भर्नेबाहेक अन्य तरिकाले बिक्री नगर्न निगमले भनेको छ।
००००
नेपालको संविधान र उच्च अदालत सुर्खेतले यसअघि दिएको निर्देशनात्मक आदेशको उल्लंघन गर्दै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन गरिएको छ ।मुख्यमन्त्री राजकुमार शर्माले बुधबार समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । सात सदस्यीय मन्त्रिपरिषद्मा, दलित, जनजाति समुदायको प्रतिनिधित्व नै छैन।
००००
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।
कयममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरूले बहस गरेका छन्।
पुनः नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने उनीहरुको जिकिर थियो भने सरकारी वकिलहरूले कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक नहुने तर्क गरेका थिए।
००००
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ८ मन्त्री नियुक्त गर्दै मौजुदा ३ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।
००००
लुम्बिनी प्रदेशमा रिक्त संसदको माथिल्ला सदन राष्ट्रियसभा सदस्यका लागि माघ २५ गते हुने उपनिर्वाचनको लागि बुधवार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । दुवै रोल्पाका हुन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट पनि उम्मेदवारी परेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन् ।
बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिएका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो पार्टीको नीति रहने बताएका छन् । सत्यसँग लड्दा सिङ भाँचिने उनले टिप्पणी गरे।
एमाले स्कुल विभागले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले छलछाम नभई सधैँ इमानको बाटो लिने बताएका हुन् । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग बाझिएका शक्तिसँग झुक्दैनौँ । सत्यसँग लड्दा सिङ भाँचिन्छ’, ओलीले भने, ‘सत्यको बाटो लिने हो छलछामको होइन । इमानको बाटो लिने हो, छलछाम होइन ।’
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष आग्रहमा खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्टि जनाउँदै पदभार ग्रहण नगर्ने अडान लिएका खान अन्ततः मन्त्रालय जान तयार भएका हुन् ।
००००
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलका अनुसार फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको छ । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिनेछ ।
००००
काठमाडौं महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।
कामपा–५ बाट शुरू गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए ।
००००
००००
सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा एमालेबाट राजीनामा दिएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी हुन् ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको नेतृत्व रहेका प्रदेश सरकारहरु धरापमा परेका छन् । ...
राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो...
नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर ...
नेपालमा २ करोड नेपाली लेखपढ गर्न जान्ने छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको साक्षरता दर बढी हुनेमा काठमाडौं पहिलो नम्बरमा छ भने सबैभन्दा कम रौतहटमा छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सोभन्द...
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...