×

NMB BANK
NIC ASIA

होटलहरूले लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिन सर्वोच्चको परमादेश

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

होटल, लज, मोटेल, रेष्टुरेन्ट आदिले लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिन सर्वोच्च अदालतले परमादेश जारी  गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासबाट उक्त परमादेश जारी गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोजगारदाताले सामूहिक सम्झौताबमोजिम सेवा शुल्क रकम उपभोक्ताबाट लिनसक्ने गरी प्रावधान समावेश गरिएको विषयमा समेत सर्वोच्चले उक्त प्रावधानलाई अमान्य ठहर गरेको छ।


Advertisment
Nabil box
Kumari

'रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असूल गर्न नपाउने भएकाले यसरी सामूहिक सम्झौताबमोजिम शुल्क लिने कार्य गर्न नदिनू, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नू', सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको प्रतिषेध मिस्रित परमादेशमा उल्लेख छ।

Vianet communication
Laxmi Bank

'व्यवसाय गर्ने रोजगारदाताले सामूहिक सम्झौताबमोजिम दस्तुर असुल गर्दा उपभोक्तालाई अनुचित रूपमा अतिरिक्त दायित्व थपिन गई उनीहरूको हितको संरक्षण  वा अधिकारको प्रयोगविना प्रतिकूल असर पर्न जाने भन्दै विवादित कानूनलाई अमान्य र बदर घोषणा गर्नु पर्ने अवस्था देखियो,' परमादेशमा उल्लेख छ।

कायममुकयाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संविधानिक इजलासबाट उक्त परमादेश जारी भएको हो।

राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट अध्यक्ष प्रेमलाल महर्जनले होटल, लज, मोटेल, रेष्टुरेन्ट आदिले खाना, खाजा,तथा नास्तामा जम्मा लागत मूल्य र त्यसमा आफूले पाउनुपर्ने मुनाफासमेत जोडेर जम्मा बिक्री मूल्य कायम गरी सो मूल्यको १० प्रतिशतले हुन आउने सेवा शुल्क लिने गरेको भन्दै त्यसविरुद्ध रिट दर्ता गरेका थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x