×

NMB BANK
Dabur

होलोकास्टको सम्झना

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

NTC
Premier Steels
Marvel

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने गर्छन् । हुन पनि निरन्तर प्राकृतिक प्रक्रियामा हुँदै गरेको विकासमा भयानक ठूला उथलपुथलहरू भएपछिको क्रमभंगतापछि नै ठूलाठूला परिवर्तनहरू भएका छन् । धेरै टाढा नगई २०औं शताब्दीको मात्रै अवलोकन गर्दा विश्वले धेरै साना–ठूला युद्धहरू व्यहोर्नुपरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सन् १९०० देखि भएका यस्ता युद्धहरूका कारण करीब २ अर्ब मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । २४ फेब्रुअरी २०२२ देखि शुरू भएको युक्रेन र रसियाको जस्तो देखिने तर अघोषित तेस्रो विश्वयुद्ध कहिले अन्त्य हुने हो ? त्यसको कुनै संकेत देखिएको छैन । दशौं हजार मानिसले ज्यान गुमाइसकेको यो लडाइँका कारण १ करोडभन्दा बढी व्यक्ति विदेश पलायन भएका र त्यत्तिकै संख्यामा देशभित्र नै बेघरबार भएको देखिन्छ । भौतिक क्षतिको त हिसाबकिताब हुन नै बाँकी छ । झण्डै १२ वर्ष अगाडि शुरू भएको सिरियाको युद्धमा ५ लाखको हाराहारीमा हताहत भयो तर अझै रोकिएको छैन । युद्ध आफैंमा राम्रो विषय होइन तर अहिले पनि विश्वका करीब ४० देशहरूमा साना द्वन्द्वहरू वा युद्धहरू भइरहेका छन् । तीमध्ये अधिकांश मध्य पूर्व, उत्तर पश्चिम एसिया र उपसहारा अफ्रिकामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युद्धका पनि आफ्नै नियमहरू हुन्छन् तर त्यसलाई पालना गर्छन् कि गर्दैनन् भन्ने अहम विषय हो । संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरूलाई विभिन्न विषयमा नियमन गर्न थुप्रै व्यवस्था गरेजस्तै युद्धका नियम उल्लंघन गर्नेहरूलाई कानूनको कठघरामा उभ्याउनका लागि सन् १९९८ देखि छुट्टै अन्तर्राष्ट्रिय न्यायालयको स्थापना पनि गरेको छ । यसले ढिलो गतिमा भए पनि विश्वमा शान्ति कायम गराउने अभियानमा केही प्रयास गरिरहेको छ तर ठूला देशको बलमिच्याइँका कारण यसले गर्नुपर्ने जति काम भने गर्न सकेको छैन ।


Advertisment
SBL

सन् २००६ देखि प्रत्येक वर्ष २७ जनवरीमा होलोकास्टका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सन् १९३३ देखि १९४५ सम्म नाजी जर्मन शासन र यसका सहयोगीहरूद्वारा ६० लाख युरोपेली यहूदीहरूको व्यवस्थित रूपमा राज्य–प्रायोजित हत्या गरिएको थियो । जर्मनीमा एडोल्फ हिटलर र नाजी पार्टी सत्तामा आएपछि प्रलय ( होलोकस्ट) युग शुरू भयो । यो मे १९४५ मा मित्र राष्ट्रहरूले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरेपछि मात्र रोकिएको थियो ।

Vianet communication
Laxmi Bank

यसलाई हिब्रु भाषामा ‘शोआ’ भनिन्छ । जसको अर्थ हुन्छ ‘विपत्ति’ । ल्याटिन भाषामा होलोकास्टको अर्थ पूर्ण रूपमा आगोबाट विनाश भन्ने बुझिन्छ । त्यसको ६० वर्ष पछाडि अन्तर्राष्ट्रिय रूपमा त्यो घटनाको भत्र्सना स्वरूप यो विशेष दिन मनाउन थालिएको हो । यो दिन सम्झनुको मुख्य उद्देश्य विगतबाट सिकेर भविष्यमा विश्व शान्ति फैलाउने अहम् भूमिका खेलोस् भन्ने भएर पनि संसारमा युद्ध रोक्न नसकिने तीतो सत्यलाई भने नकार्न सकिने देखिँदैन ।

सन् १९३३ जनवरीमा हिटलरले नेतृत्व गरेको नाजी पार्टीले शासन गरेको जर्मनीमा जिउजहरूलाई ज्युन लायक नभएको पृथ्वीको भार मात्रै ठानेर उनीहरूको जरादेखि नै निमिट्यान्न पार्नुपर्छ भन्न थाले । चान्सलर बनेका हिटलरले आफ्नो सबै ध्यान जिउजहरूलाई नष्ट गर्ने काममा लगाउन थाले । सबैभन्दा पहिला उनले ‘डचाउ’ यातना शिविर स्थापना गरे, यहूदीहरूद्वारा सञ्चालित पसल र व्यापारहरू बहिष्कार गर्न आह्वान गरे । नयाँ कानून निर्माण गरी यहूदीहरूलाई निजामती सेवा, विश्वविद्यालय र राज्यका कुनै पनि पदधारण गर्नबाट रोकेको थियो । यहूदीहरूद्वारा व्यक्त गरिएका राजनीतिक असन्तुष्टहरू सार्वजनिक गर्न नदिने र राज्यद्वारा अनुमोदित नभएका विशेषगरी यहूदीहरूले लेखेका पुस्तकहरू सार्वजनिक रूपमा जलाउन थाले । त्यहीँ वर्षको १४ जुलाईसम्म आइपुग्दा त पूर्वी युरोपेली यहूदी आप्रवासीहरूको जर्मन नागरिकता खोस्ने कानून नै निर्माण गरेर सबैको नागरिकता खोसियो ।

सन् १९३४, २ अगस्टमा उनले आफूलाई आफैंले सर्वमान्य नेता र चान्सलर नै घोषणा गरे । त्यसपछि उनले आफ्नो एकाधिकार शक्ति प्रयोग गर्न थाले । सन् १९३५, ३१ मेदेखि यहूदीहरूलाई जर्मन सशस्त्र सेनामा सेवा गर्न निषेध गरिदिए । १५ सेप्टेम्बरमा यहूदी विरोधी जातीय कानूनहरू लागू गरियो, जसलाई ‘नुरेम्बर्ग कानून’ भनेर पनि चिनिन्छ । यो कानूनअनुसार यहूदीहरूलाई अब जर्मन नागरिक मानिने छैन, यहूदीहरूले आर्यहरूसँग विवाह गर्न  पाउने छैनन्, उनीहरूले जर्मन झण्डा प्रयोग गर्न पाउने छैनन् भनेर सबैतिर रोक लगाइयो । सबै यहूदीहरूले छातीमा पहेलो रंगको षड्कोण आकारको लोगो लगाउनुपर्ने अनिवार्य बनायो । यसले गर्दा उनीहरूलाई जो कोहीले पनि चिन्न सकोस् र हेपोस् भन्ने थियो । सन् १९३६, ३ मार्चदेखि यहूदी डाक्टरहरूलाई पनि चिकित्सा पेशा गर्न प्रतिबन्ध लगाइदियो । 

पहिलो विश्वयुद्धमा जर्मनीले भर्साइलको सन्धिद्वारा निशस्त्रीकरण हुन बाध्य भएको बदला लिन आफू पुनः बलियो भएको हुँकार स्वरूप राइनल्याण्डमा सेना मार्च गर्न पुग्छन् । आफ्नो प्रभाव धेरै भएको देखाउन मुसोलिनीसँग रोम बर्लिन सम्झौता गर्न पुग्छन् । आन्तरिक सुरक्षा आफू खुशी बनाउन आफ्नो आज्ञा पालक हिमलरलाई जर्मन प्रहरी प्रमुख नियुक्त गरे । थप यहूदीहरूलाई नजर बन्द गर्न साकसनहाउजन, बुहेनवाल्ड र अस्ट्रियाको पनि सहमतिमा यान्सलुसमा पनि यातना शिविर निर्माण गरेका थिए । यस्तो यातनागृहमा एउटा सानो पलंगमा १२– १५ जनासम्म राख्ने गरिन्थ्यो । सन् १९३८, २६ अप्रिलदेखि रिकभित्र यहूदीहरूले राखेका सबै सम्पत्तिहरूको अनिवार्य दर्ता गर्नुपर्ने कानून निर्माण गर्‍यो । त्यतिबेलासम्म इटालीले पनि यहूदीहरूविरुद्ध कठोर नियमहरू लागू गर्न थालिसकेको थियो । जर्मनी सेनाले कब्जा गरेको चेक अधिनस्थ सुडेटेनल्याण्ड उचित हो भनी जर्मनीले म्युनिखमा बेलायत र फ्रान्स गरेको बैठकले मान्यता पायो । स्वीजरल्याण्डले पनि यहूदीहरूलाई शरण नदिने भयो । जर्मनीमा बस्ने १७ हजार पोलिश यहूदीहरूलाई निष्कासन गरियो तर पोल्याण्डले तिनीहरूलाई स्वीकार गरेनन् । नोभेम्बर ९ र १० मा जर्मनी, अस्ट्रिया र सुडेटेनल्याण्डमा यहूदी विरोधी ठूलो उत्पात मचायो ।

त्यसलाई क्रिस्टालनाख्त (फुटिएको गिलासको रात) नामकरण गरिएको थियो । त्यतिबेला ३० हजार पुरुष यहूदीहरूलाई यातना शिविरहरूमा पठाइयो (डाचाउ, बुकेनवाल्ड, साचसेनहाउसेन), ७ हजार ५०० भन्दा बढी पसलहरू लुटिए, २०० भन्दा बढी सिनेगग्स ( प्राथना भवन) हरू ध्वस्त पारेका थिए । त्यसपछि सबै यहूदीहरूलाई खुद्रा व्यापारहरू आर्यहरूको हातमा हस्तान्तरण गर्न बाध्य पार्ने आदेश दिइयो । सबै यहूदी विद्यार्थीहरूलाई जर्मन विद्यालयहरूबाट निष्कासित गरियो । क्रिस्टालनाच्टको समयमा आफैंले विनाश गरिएका सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति जर्मन यहूदीहरूबाट उपर गर्न १ अर्ब मार्क जरिवाना लगाइयो । १९३९, २० जनवरीमा हिटलर रिकस्टागमा गरेको भाषणमा ‘यदि युद्ध भयो भने यसको अर्थ युरोपेली यहूदीहरूको नरसंहार हुनेछ’ भनेका थिए ।

१५ मार्चमा जर्मनहरूले चेकोस्लोभाकिया पूर्ण कब्जा गरे । १ सेप्टेम्बरमा जर्मनीले पोल्याण्डमा आक्रमण गरेपछि आधिकारिक रूपमा दोस्रो विश्वयुद्ध शुरू भयो । 

हिटलरले खैरो कपाल र निलो आँखा हुनेलाई मात्र जिउने अधिकार छ भन्ने गर्दथे । यहूदीबाहेक उनले ठूलो संख्यामा रोमेनियन जिप्सी, पोलिस र सर्बियनहरू मारे । समाजको कलंक भनेर माग्नेहरू ,घरबारविहीनहरू, फूटपाथमा व्यापार गर्नेहरू र विशेष गरी समलिंगीहरूको पनि नरसंहार गरेका थिए । यो युद्धमा विश्वका करीब साठी मिलियन मानिसले ज्यान गुमाएको अनुमान गरिएको छ । जसमध्ये २० मिलियन यूरोपेलीहरू थिए । त्यसमा छ मिलियन त यहूदीहरू मात्रै थिए ।

दोस्रो विश्वयुद्धमा विशेषतः पूर्वी युरोका देशहरूमा अति नै ज्यादती गरेको थियो । सबैभन्दा बढी मारिनेमा पुलिसहरू थिए । रोमानिया, लिथुआनिया, लात्भिया, इस्टोनिया लगायतका देशहरूबाट पक्राउ गरी करीब १ करोड २० लाख मानिसहरूलाई दास बनाइएको थियो । उनीहरूलाई राख्न बनाइएका यातना गृहहरू पुर्‍याइएकामध्ये झण्डै ९० प्रतिशत मानिसहरूको सामूहिक हत्या गरिएको थियो । उमेर बढी भएका, महिला, रोगीहरूलाई काम गर्न नसक्ने तर खाना मात्रै खुवाउनपर्ने हुँदा मारिन्थ्यो । बाँचेका मानिसहरूलाई भने दासलाई जसरी काममा लगाउँथे । समूहबाट मानिसहरूलाई छान्दा दायाँबायाँ लाग्न भनिथ्यो । बायाँ जानेहरू सिधैं मारिन्थे भने दायाँ जानेहरू निकै सास्तीका साथ बाँच्ने तर दिन प्रतिदिन पीडा भोक र रोगका कारण मर्दै मार्दै जान्थे । 

ठूलो समूह र सीमित खानापिन भएको हुँदा उनीहरूले कहिल्यै पनि पेटभरि खाना खान पाएनन् । दिनभरिमा खानको लागि एक टुक्रा पाउरोटी र थोरै तरकारीको बोक्राको सुप दिन्थे । सुप पिएर भोलि रोटी पाइने हो वा होइन भनी आधा टुक्रा रोटी लुकाएर भोलिलाई साँच्नुपर्ने हुन्थ्यो । ठाउँ सर्दै जाँदा खाली खुट्टा हिउँका डाँडाकाँडा काट्दा खुट्टा नै नभएको जस्तो महसूस हुन्थ्यो । त्यहीँ पीडाले धेरै दिन बिमारी पनि हुन्थ्यो । बिमार पर्दा पनि सक्दिनँ भन्न नपाइने, भनेको नमान्दा पिटाइ खानुपर्ने र त्यहीँ पीडा सहन नसक्दा अन्ततः धेरैको ज्यान जाने गर्दथ्यो । 

हिटलरले खैरो कपाल र निलो आँखा हुनेलाई मात्र जिउने अधिकार छ भन्ने गर्दथे । यहूदीबाहेक उनले ठूलो संख्यामा रोमेनियन जिप्सी, पोलिस र सर्बियनहरू मारे । समाजको कलंक भनेर माग्नेहरू ,घरबारविहीनहरू, फूटपाथमा व्यापार गर्नेहरू र विशेष गरी समलिंगीहरूको पनि नरसंहार गरेका थिए । यो युद्धमा विश्वका करीब साठी मिलियन मानिसले ज्यान गुमाएको अनुमान गरिएको छ । जसमध्ये २० मिलियन यूरोपेलीहरू थिए । त्यसमा छ मिलियन त यहूदीहरू मात्रै थिए ।

युद्धमा धेरै मानिस मारिनु स्वाभाविक पनि हुनसक्छ तर कुनै जात वा सम्प्रदायको समूल नष्ट गर्न खोजिएको यो घटना भने मानव इतिहासमा सबैभन्दा कलंकित ढंगले प्रस्तुत गरिने गरिन्छ । आधुनिक विश्वमा यसलाई जेनोसाइड भन्ने गरिएको छ । जेनोसाइड अर्थात् नरसंहार शब्द पहिलोपटक पोल्यान्डका वकिल राफेल लेम्किनले सन् १९४४ मा आफ्नो पुस्तक ‘एक्सिस रुल इन ओक्युपाइड युरोप’मा प्रयोग गरेका थिए । ग्रीक भाषामा जेनोस भनेको जाति वा जनजाति भन्ने हुन्छ भने ल्याटिन भाषामा साइडको अर्थ हत्या हुन्छ । उनले यिनै २ शब्दको मिश्रणबाट यो शब्द तयार पारेका थिए । राफेल लेम्किनले नै नरसंहारलाई अन्तर्राष्ट्रिय अपराधको रूपमा मान्यता र संहिताबद्ध गराउन अभियानको नेतृत्व गरेका थिए । त्यसकै सफलता स्वरूप सन् १९४६  देखि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अपराध कानूनमा यसलाई गम्भीर अपराधको रूपमा व्याख्या गरिएको हो ।

कुनै पनि पक्षले युद्धको नाममा नरसंहार गर्न बन्देज गरिएको र त्यसो गरेको भए युद्ध रोकिएपछि उनीहरूको विरुद्ध आईसीसीमा मुद्दा लाग्न सक्ने व्यवस्था गरिएको छ । आईसीसीको मुख्य काम अन्तर्राष्ट्रिय अपराधहरू नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधका संदीग्धहरूलाई अभियोग लगाउनु हो । अहिलेसम्म विश्वभरिका ३७ जना नेताहरूविरुद्ध मुद्दा दर्ता भएको छ । त्यसमध्ये डोमेनिक रिपब्लिकका २ जना लुबांगा र कटाङ्गा अनि मालिका अल महादीलाई युद्ध अपराधमा सजाय तोकिएको छ । 

राफेल लेम्किन एक घरानियाँ शिक्षित परिवारमा जन्मिएका थिए तर पहिलो विश्वयुद्धमा उनीहरूको सबै सम्पत्ति तहसनहस भयो । दाजु पनि निमोनियाले गुमाउनुपर्‍यो । बुवाआमाको जंगलमा नै बसोबास थियो, उनको पढाइ राम्रो थियो । उनले स्पष्टसँग ९ भाषा बोल्न र १४ भाषा पढ्न सक्थे । उनी राजधानी वार्शामा वकिलको रूपमा काम गर्दै थिए तर दोस्रो विश्वयुद्ध शुरू भएपछि लुक्दै बच्दै सन् १९४० तिर स्वीडेन र त्यसको १ वर्षपछि अमेरिका पुगेका थिए । यहूदी भएका कारण होलोकोस्टबाट उनी आफू मुस्किलले बाँचे तर उनले आफ्नो ४९ जना नातागोताका मानिसहरू गुमाउनुपर्‍यो । उनको पनि जीवनको उत्तरार्ध त्यति राम्रो भएन । ५९ वर्षको उमेरमा अभावकै बीच हृदयघातका कारण जीवन गुमाउन पुगे ।

नाजीहरूले युरोपमा सबै यहूदीहरूलाई समाप्त पार्ने योजना बनाएका थिए । यो नरसंहारमा युरोपको करीब ३ भागमा २ भाग युवा वृद्धहरूले ज्यान गुमाएका थिए भने केवल १० प्रतिशत मात्र बालबालिका बाँच्न सफल भएका थिए । नमारिएका युवायुवतीहरूलाई पनि पटक–पटक रोगब्याधिबाट बच्न भनेर इन्जेक्सन दिइने गरिन्थ्यो तर पछि बाँचेकाहरूले त्यो उनीहरूलाई रोगबाट बचाउने नभई गर्भ निरोधक सूइँ हुनसक्छ भन्ने गरेका छन् । त्यस्ता क्रूर नाजी भोकमा खाना र प्यासमा पानी समेत नदिनेले हामीलाई बचाउन महंगो औषधि किन दिन्थे भन्ने उनीहरूको तर्क उचित छ ।

बालकहरू अनेकन भेषमा लुकेर बाँच्ने र सिमाना काट्ने गरेका कारण मात्र त्यति बच्न सकेको हुनुपर्छ । अन्यथा बुवाआमासँग समातिनेहरू बाँच्न सक्ने त्यति सम्भावना हुँदैन्थ्यो । युद्ध पछाडि बाँचेकाहरूले आफ्नो वंश पहिचान र विस्तार गर्न सक्दो प्रयास गरेका छन् । 

कालो इतिहासलाई बिर्सिंदै नयाँ थालनी गरेर अहिले पनि युरोप–अमेरिकामा यहूदीहरूले जुन वर्चस्व कायम गरेका छन्, त्यो अनुकरणीय छ । दोस्रो विश्वयुद्ध अगाडि संसारमा १७ मिलियन यहूदीहरू थिए भने सन् १९४५ सम्म आइपुग्दा ११ मिलियन हुन पुग्यो भने अहिले १५ मिलियन भएको अनुमान गरिन्छ । लडाइँ नखेपेको देश सम्भवत: संसारमा कतै पनि भेटिँदैन होला । यही होलोकास्टको सम्झिना दिवसमा नेपाल लगायत संसारमा लडाइँको कारण ज्यान गुमाउन पुगेका सबैलाई श्रद्धासुमनसहित सधैं हताहतीको संख्या गनेर खाटा बसी सकेको घाउ कोट्याएर रगताम्य गर्ने प्रयास कतैबाट पनि नहोस् भन्ने कामना गर्दछु ।
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x