×

Nic Asia
Dabur
Prabhu Bank

आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने चालकहरूको माग

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ ।

yONNEX
IME BANK INNEWS

शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने आफूहरूको माग गरेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे। उनले आफूहरूको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।


Advertisment
Lokantar App
Saurya island

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरूको माग सम्बोधन गर्न विद्यमान ऐन, कानूनहरूमा संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले विनियमावलीमा भएका केही व्यवस्थासमेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

Vianet communication

कार्यक्रममा काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्यांकर चालकहरूको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए ।

उनले ट्यांकर चालकहरूको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरूलाई आग्रह गरे।

कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यायांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाठ अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन्।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा सवा...

चैत ७, २०७९

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...

चैत ७, २०७९

मौसममा आएको खराबीका कारण हिमाली क्षेत्रको हवाइ सेवा अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख एसएसपी लालमणि आचार्यले हिमाली क्षेत्रका हवाइ उडान हुन नसकेक...

चैत ७, २०७९

गोर्खा र लमजुङका  स्थानीय लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति गर्न प्रधानमन्त्रीसहितको टोली लर्को लागेर गोरखा पुगेका छन्।  उक्त सडक आज (मंगलबार) श...

चैत ७, २०७९

नेपाल प्रहरीका २ प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठ...

चैत ७, २०७९

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x