२६ जेठ २०८३, मंगलबार

एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्नेछन् : लामिछाने

एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्नेछन् : लामिछाने

सर्वोच्च अदालतको फैसलालगत्तै अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्ने बताएका छन् ।  लामिछानेको नागरिकता अवैध भएको ठहरसहित अदालतले फैसला गरेको भोलिपल्ट उनले सकारात्मक र आशावादी बन्न पनि आग्रह गरेका छन् । 

‘आज हामी यहाँ छौँ, तर भोलि कहाँ पुग्छौँ त्यो समयले परख गर्ने छ’, रविसँगैको फोटो राखेर उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्नेछन्। देश विदेशका शुभचिन्तक साथीहरू, धैर्य राखौँ, शान्त बसौँ, सकारात्मक र आशावादी बनौँ।’ उनले राजनीतिको यात्रा लामो रहेको उल्लेख गर्दै आफूपनि साथमा रहेको उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्