×

Nic Asia
Dabur
Prabhu Bank

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ ।

yONNEX
IME BANK INNEWS

गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई शनिवारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

१ लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ गते गायक पेलाको आफ्नै यूट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै संगीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको गजलले यूट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 


Advertisment
Lokantar App
Saurya island

संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबूक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

Vianet communication

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा. मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला संगीतका गुरु समेत हुन् ।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विक्रम संवत् २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’ र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
फागुन ९, २०७९

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म हुनेभएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठ...

फागुन ३, २०७९

भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा राज दोङको शब्द र संगीत सरोज लामाको एरेन्ज रहेको छ ।&n...

माघ २८, २०७९

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको ...

फागुन ६, २०७९

प्रायःजसो गीत लेखन, संगीत सिर्जना, गायन, मोडलिङ एवं भिडियो निर्माणमा व्यस्त भइरहने लोकदोहोरी क्षेत्रका कलाकारहरू यतिबेला चुनावी माहोलमा छन् ।   लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘...

माघ २८, २०७९

गायन रियालिटी शो  ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत  ‘तिमीसँग’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आय...

फागुन १६, २०७९

‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न शुल्क नलाग्ने आयोजकले जनाएको छ । सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।  ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x