माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
माघ १६, २०७९
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ ।
गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजना प्यालेस्टाइनीको हत्या गरेका थिए भने २० जनालाई घाइते बनाएका थिए । सन् २००९ पछिको त्यो सबभन्दा ठूलो हिंस्रक कारवाही भएको बताइएको छ ।
पश्चिम किनार भन्नाले जोर्डन नदीको पश्चिमी भाग हो र त्यो पहिला जोर्डनको अधीनमा थियो । त्यहाँ प्यालेस्टाइनीहरू १६५ वटा क्षेत्रमा बसोबास गर्छन् ।
सन् १९६७ मा भएको ६ दिवसीय युद्धमा विजय प्राप्त गरेपछि पश्चिम किनारमा इजरायलले आधिपत्य कायम गर्दै लाखौं यहुदीहरूलाई बस्ती बसाल्न प्रेरित गरेको छ । यहुदीका २३० बस्तीहरू अहिले त्यहाँ विद्यमान छन् । वर्तमान इजरायली सरकारले पश्चिम किनारको भित्री भागमा रहेका यहुदी बस्तीहरूलाई वैध बनाउने प्रतिज्ञा गरेको छ ।
प्यालेस्टाइनीहरूले स्वतन्त्र राज्य पश्चिम किनारमा बनाउने परिकल्पना गरेको भए पनि इजरायलले यहुदीको बस्ती विस्तारमा जोड दिएर त्यहाँ कुनै पनि प्यालेस्टाइनी राज्यको सम्भावनालाई तुहाउन कोशिश गरिरहेको छ ।
अहिले त्यहाँ प्यालेस्टाइनीहरू दोस्रो दर्जाका नागरिकका रूपमा बस्न बाध्य छन् । उनीहरूलाई अर्को ठाउँबाट पश्चिम किनारमा आउँदा इजरायली सुरक्षाकर्मीको अनुमति लिनुपर्ने हुन्छ र उनीहरू पश्चिम किनारमै पनि खुलेर हिँडडुल गर्न पाउँदैनन् । त्यसमाथि इजरायली सैनिकहरूले प्यालेस्टाइनीको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गर्ने अनि कुनै पनि अभियोग नलगाइकन महिनौंसम्म कैद गर्ने गरेका छन् ।
बिहीवार छापा मारिएको घरमा इस्लामिक जिहाद समूहको आतंकवादी सेल रहेको खबर पाएर आफूहरूले कारवाही चलाएको इजरायलको भनाइ छ । प्यालेस्टाइन सरकार (अथोरिटी) ले छापामारीको उक्त घटनालाई सामूहिक हत्याको संज्ञा दिएको छ ।
त्यसको भोलिपल्ट पश्चिम किनारमै पर्ने पूर्वी जेरुसेलममा रहेको यहुदीहरूको पवित्र स्थल साइनागगमा एकजना प्यालेस्टाइनी बन्दूकधारीले कम्तीमा सातजना इजरायलीहरूको हत्या गरे । सन् २००८ पछिको त्यो सबभन्दा ठूलो हत्याको घटना भएको बताइएको छ । इजरायली अधिकारीहरूले त्यसलाई आतंकवादी घटनाको संज्ञा दिएका छन् ।
शुक्रवार (२७ जनवरी) नै प्यालेस्टाइनीहरू बस्ने गाजाबाट तीनवटा रकेट प्रहार गरिएका थिए । अनि इजरायलका लडाकू विमानहरूले प्यालेस्टाइनी समूह हमासले भूमिगत रूपमा चलाउँदै आएको बम निर्माण स्थलमा आक्रमण गरेको जानकारी दिएको छ । त्यस्तै शनिवार जेरुसेलममा इजरायली बस्तीबाहिर प्यालेस्टाइनीले गोली चलाएर दुईजनालाई घाइते बनाएको खबर पनि छ ।
सातजना इजरायलीको ज्यान जाने घटनापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पश्चिमी किनारमा यहुदी बस्ती विस्तार गर्ने अनि प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कारवाही चलाउने बताएका छन् ।
उता प्यालेस्टाइन अथोरिटीका नेता महमूद अब्बासले शान्ति प्रयासप्रति इजरायल प्रतिबद्ध नरहेको तथा उसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएका छन् । हालैका हिंसाहरूको सम्पूर्ण दोष इजरायललाई लाग्ने उनको भनाइ छ ।
पछिल्लो हिंसा विगत एक वर्षमा भएका गतिविधिको परिणाम हो । यस अवधिमा प्यालेस्टाइनीहरूले आफूलाई विस्थापित गरिरहेका इजरायलीहरूमाथि लगातार घातक आक्रमण गर्दै आएका थिए । त्यसको प्रतिकारका लागि इजरायली सेनाले अपरेसन ब्रेकवाटर नामक कारवाही चलाउन थालेको थियो ।
उक्त कारवाहीका क्रममा इजरायली सेनाले पश्चिम किनारका विभिन्न स्थानमा लगभग दिनहुँजसो छापा मार्ने गरेको थियो । लडाकू भनिएका व्यक्तिलाई पक्राउ गर्न र हतियारहरू बरामद गर्न ती छापा मार्ने गरिएका थिए । त्यसक्रममा लगभग प्रत्येक साता प्यालेस्टाइनीहरू मारिने गरेका थिए ।
सन् २००४ पछि एकै वर्षमा यति धेरै संख्यामा प्यालेस्टाइनीहरू मारिएको यो पहिलो अवसर हो । इजरायलको मानवअधिकार समूह बीटीसेलेमले सन् २०२२ मा लगभग १५० जना प्यालेस्टाइनीलाई इजरायली सैनिकहरूले मारेको दाबी गरेको छ ।
त्यसक्रममा बन्दूकधारीहरू मात्र नभई सर्वसाधारण प्यालेस्टाइनी पनि मारिएका छन् । इजरायली सैनिकमाथि ढुंगा प्रहार गर्ने प्यालेस्टाइनी किशोरहरू पनि आक्रमणमा मारिएका छन् ।
प्यालेस्टाइनी मूलकी अमेरिकी पत्रकार शिरीन अबु अक्लेह जेनिन शरणार्थी शिविरमा मारिनु पोहर सालको सबभन्दा चर्चित घटना थियो । इजरायल स्वयंले अक्लेह इजरायली सेनाको गोलीबाट मारिएको तर जानाजान उनको हत्या नगरिएको बताएको छ ।
इजरायली फौजले पश्चिम किनारमा प्यालेस्टाइनीहरूका घरमा छापा मारी हत्या कारवाही गरिरहँदा प्यालेस्टाइनी सुरक्षा बलहरू चाहिँ कमजोर बनिसकेको स्थिति छ ।
खासमा तिनीहरूलाई अमेरिका र अन्य मुलुकका सेनाले पश्चिम किनारको गश्ती गर्न, प्यालेस्टाइनी लडाकूहरूलाई पक्राउ गर्न तथा इजरायलीहरूमाथिको आक्रमण रोक्नका लागि तालिम दिएका हुन् । तर प्यालेस्टाइनी फौजहरूलाई स्वयं प्यालेस्टाइनीहरूले नै मन पराउँदैनन् ।
इजरायलले भनेमुताबिक काम गर्ने अनि इजरायलको आधिपत्यलाई प्रतिकार गर्नुको साटो कायम गर्न मद्दत गर्ने गरेको भन्दै प्यालेस्टाइनी सुरक्षाबलको वैधतामाथि सर्वसाधारणले प्रश्न उठाउने गरेका छन् ।
स्थिति धेरै बिग्रिसकेकाले पश्चिम किनारका कतिपय इलाकाहरूमा प्यालेस्टाइनी अथोरिटीका सुरक्षाबल जान समेत नसक्ने भएका छन् । जेनिन शरणार्थी शिविर पनि त्यस्तै जानै नसकिने खतरनाक स्थान हो । त्यहाँ इजरायलविरुद्ध लड्नका लागि प्रतिबद्ध लडाकू समूहहरूको बाक्लो उपस्थिति छ ।
ती लडाकूहरूलाई प्यालेस्टाइनी सुरक्षाबलले रोक्न नसकेकाले आफू स्वयं जानुपरेको इजरायली सुरक्षाकर्मीहरू बताउँछन् । त्यहाँ पुगेका इजरायली सुरक्षाकर्मीसँग हमास, इस्लामिक जिहाद र अन्य लडाकू समूहको भिडन्त भई जनधनको क्षति हुने गरेको छ ।
पछिल्लो घटनाक्रमपछि इजरायली सुरक्षाबलसँग प्यालेस्टाइनी सरकारले गर्दै आएको समन्वय तोड्ने महमूद अब्बासले बताएका छन् । तर उनले यस्तो किसिमको धम्की पहिला पनि दिने गरेको तर कहिल्यै कार्यान्वयन नगरेको भन्दै सर्वसाधारणले पत्याएका छैनन् ।
प्यालेस्टाइनी सरकार कमजोर बन्दै गइरहेकोमा इजरायलमा चाहिँ प्यालेस्टाइनविरोधी उग्रदक्षिणपन्थीहरूको सरकार बनेको छ । त्यसले इजरायली सेनालाई थप आक्रामक हुने अवसर दिएको छ । अहिलेको सरकारले प्यालेस्टाइनीहरूलाई भगाएर यहुदी बस्तीको विस्तारलाई द्रुत गतिमा अघि बढाउने योजना बनाइरहेको छ ।
त्यसमाथि इजरायलले प्रभावशाली अरब मुलुकहरूसँग अब्राहम एकर्ड्स गरी आर्थिक तथा सैन्य सम्बन्ध विस्तार गरिरहँदा अरबीहरूले प्यालेस्टाइनका पक्षमा बयान निकाल्नेबाहेक उनीहरूको दुःखपीडा शमन गर्ने अर्को कुनै उपाय अपनाइरहेका छैनन् । यसले गर्दा प्यालेस्टाइनीहरूको असन्तुष्टि र आक्रोश चुलिँदो छ ।
इजरायली र प्यालेस्टाइनीहरूबीचको तनाव उच्च स्तरमा रहँदा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन सोमवार जेरुसेलम पुग्दैछन् । उनले इजरायली प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । अनि मंगलवार ब्लिन्केनले प्यालेस्टाइनी नेता अब्बासलाई पनि भेट्ने भएका छन् ।
बाइडन प्रशासनले इजरायल र बेग्लै स्वतन्त्र प्यालेस्टाइन राज्य बनाउने ‘टु स्टेट सोलुसन’ मा जोड दिँदै आएको छ । ब्लिन्केनले अहिलेको भ्रमणमा पनि त्यही कुरा उठाउने अपेक्षा छ ।
तर सन् २०१४ पछि नै दुई राज्य समाधानको प्रस्ताव अघि बढ्न सकेको छैन । त्यसमाथि इजरायलले अब्राहम एकर्ड्सपछि त दुई राज्य समाधानको औचित्य नै नरहेको ठान्न थालेको छ ।
इजरायलमा उग्रदक्षिणपन्थीको सरकार त झन् दुई राज्य समाधानको नाम पनि सुन्न चाहँदैन । त्यसैले ब्लिन्केनको अहिलेको भ्रमण सफल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन् ।
स्थायी समाधानमा इजरायली र प्यालेस्टाइनी दुवै पक्षले सहमति नजनाउन्जेल हिंसाको शृंखला चलिरहनेछ । अहिलेको हिंसा तेस्रो विद्रोह (इन्तिफादा) मा परिणत हुन सक्ने आशंका पनि कतिपयले गरिरहेका छन् ।
अझ आगामी अप्रिल महिनामा मुसलमानहरूको पर्व रमजान अनि यहुदीहरूको पर्व पासओभर पनि आउने भएकाले धार्मिक द्वन्द्व चर्किने सम्भावना प्रबल रहेको आकलन गरिएको छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...