चैत ७, २०७९
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
काठमाडाैं | माघ १६, २०७९
सूचनाको हकलाई नै निष्प्रभावी बनाउने गरी गरिएको सूचना वर्गीकरणसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाहरूसँग सोमवार भएको छलफलमा वर्गीकरण हाललाई स्थगित गर्ने समझदारी भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अग्रसरतामा सोमवार सरोकारवालाहरूसँग छलफल गरिएको थियो ।
उक्त छलफलमा मुख्यसचिव शंकरदास बैरागीले वर्गीकरण हाललाई स्थगित गरिने जानकारी गराएका हुन् ।
'शुरूमा त मुख्य सचिव, मन्त्रिपरिषदका सचिव, कानून सचिव, सञ्चार सचिव लागयतले ब्याक हुँदैनौं भनेर अडान नै राख्नुभएको थियो,' बैठकमा सहभागी तारानाथ दाहालले लोकान्तरसँग भने, 'तर, पछि हामीले बुझाएपछि उहाँहरू कन्भिन्स हुनुभयो र स्थगन गर्ने भन्नुभयो ।'
बैठकमा प्रधानमन्त्री प्रचण्ड भने उपस्थित भएका थिएनन् ।
'प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बैरागीसँग छलफल गरेर वर्गीकरण स्थगन गर्न सुझाव दिइसक्नुभएको रहेछ,' दाहालले थपे, 'अब स्थगन गरिएको विषयमा विज्ञप्ति नै जारी गर्नुहुन्छ होला ।'
विषयगत रूपमै छुट्ट्याएर ८७ किसिमका सूचना गोप्य राख्ने गरी वर्गीकरण गरिएको थियो । उक्त वर्गीकरणले संविधान र सूचनाको हक सम्बन्धी ऐनले दिएको अधिकारलाई कुन्ठित गर्ने भन्दै विरोध भएको थियो ।
पढ्नुहोस्, यो पनि :
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकाल...
नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ । आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ । सेनाका...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...
दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको ...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए । अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...