चैत ८, २०७९
त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...
नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् ।
स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पार्टीभित्र दबाब बढेको हो ।
सरकारको नेतृत्व गर्ने दलले गृह, अर्थ, परराष्ट्र र कानून जस्ता मन्त्रालय लिनुपर्ने भए पनि त्यो नपाएको गुनासो माओवादीका नेताहरूको छ । स्थायी कमिटीको बैठक स्थगित गरी गृहमन्त्रीको चयन सहितका विषयमा छलफल गर्न केन्द्रित माओवादीको पदाधिकारी बैठकमा उपमहासचिव शक्ति बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह माओवादीले नै राख्नुपर्ने गरी दबाब बढाएका हुन् ।
शक्ति बस्नेत पूर्व गृहमन्त्री समेत हुन् । नागरिकता पुनः पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रविले फेरि गृहमन्त्रीमा दाबेदारी बढाएपछि उनलाई यो मन्त्रालय नदिई माओवादीले लिनुपर्ने गरी माओवादीभित्रै दबाब बढेको हो ।
रविले नागरिकता लिए पनि उनीमाथि पासपोर्टको विषयमा पनि छानबिनको विषय अगाडि बढ्ने भन्दै माओवादीका नेताहरू हतारमा उनलाई फेरि गृहमन्त्री बनाएर माओवादी पनि बद्नाम हुने तर्क गरिरहेका छन् । उनको मुद्दा किनारा नलाग्दासम्म उनलाई महत्त्वपूर्ण पद दिँदाको जोखिम नलिन पनि प्रधानमन्त्री एवं अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
नागरिकता लिएकै दिन रविले आइतवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रीमा पुनः चयन गर्न आग्रह गरेको बुझिएको छ तर उनी अहिले गैरसांसद छन् । गैरसांसद ६ महिनासम्म मन्त्री बन्न पाउँछन् तर ६ महिनाभित्रमा सांसद चुनिनुपर्छ ।
रविले आफ्नो सांसद पद खारेजीमा परेको चितवन–२ बाट उपनिर्वाचन जितेर आउने भन्दै अहिले गृहमन्त्रीमा दाबी बढाएका हुन् तर प्रधानमन्त्रीबाहेक गतिला मन्त्रालय नपाएकोलाई रविलाई यो मन्त्रालय दिन नहुनेमा माओवादीभित्र मत बलियो रहेको बताइन्छ ।
माओवादीको पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीको विषय प्रधानमन्त्रीले टुंगो लगाउने जानकारी दिए ।
‘गृहमन्त्रीको विषयमा प्रवेश गरेर त्यस्तो छलफल भएन । यो सरकार र प्रधानमन्त्रीको विषय हो,’ महराले बैठकपछि भने, ‘गृहमन्त्री को भन्ने टुंगो लगाउने प्रधानमन्त्रीले हो । पार्टीले टुंगो लगाउने होइन तर स्थायी कमिटी बैठकमा पर्सि यसबारे पनि छलफल भने हुन्छ ।’
पदाधिकारी बैठकपछि सञ्चारकर्मीले गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने जिज्ञासा राख्दा प्रचण्ड ‘बनेपछि थाहा हुन्छ’ भन्दै बाहिरिएका थिए ।
रविको सांसद पद खारेज भएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...
नेकपा एमालेको जनसंगठनको रूपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय म...
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । नेविसंघका मनोज डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै निर्वाचित भए। ...
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...