चैत ५, २०७९
लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि न...
काठमाडाैं | माघ १६, २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिकार्य सम्बन्धी राष्ट्रिय समीक्षा गोष्ठीमा उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघसंस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबै मिलेर खोप अभियानलाई शतप्रतिशतमा पुर्याउनुपर्ने बताए ।
अहिले कोरोना विरुद्धको खोप लक्षित जनसंख्याको ९९.५ प्रतिशतले पहिलो मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ । कूल जनसंख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
मन्त्री गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउन प्रयासमा सरकार लागिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए ।
‘स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् । गरीब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महंगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,’ उनले भने, ‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसूस गराउने गरी हामी भविष्यमा आउँछौं ।’
मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।
‘खोपका सन्दर्भमा आमजनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुपर्यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ,’ उनले भने, ‘प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।’
लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि न...
काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ । टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी ल...
२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ । होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् । साफिस दक्षिण एसिय...
नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७...
कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित ...
कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैन...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...